22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

किलिंकरका कारण रजतजयन्तीकाे जनजिवन प्रभावित

clinker over load

वीरगंज । ट्रकमा ओभर लाेड गरी किलिंकर ओसारपाेसारका कारण वीरगंजकाे रजतजयन्ती चाैककाे जनजिवन प्रभावित हुदा स्थानियहरुले साेमबार बिराेध प्रदर्शन गरेका छन् ।

स्थानियहरुका अनुसार सिमेन्ट बनाउनकाे लागि प्रयाेग हुने किलिंकर बाेकेकाे ट्रक दिनहु साे बाटाे भएर ४ सयदेखी ५ सयकाे संख्यामा नेपाल भित्रिने गरेकाे छ । किलिंकर ट्रकमा ओभर लाेड भएका कारण त्यसकाे धुलाे बाटाेमा आवतजावत गर्ने सर्वसाधारणलाई खानु परेकाे छ । त्यसका कारण मानिसकाे स्वास्थ्यमा समेत असर परिरहेकाेले बिराेध प्रदर्शन गरिएकाे स्थानियहरुले वताएका छन् ।

ट्रकमा किलिंकर ओभर लाेड भएका कारण बाटाेमा छर्दै जाने गरेकाे स्थानिय लालदेव प्रसाद यादवले वताए । ट्रकबाट उडेकाे किलिंकर बाटाेमा छर्नुकाे साथै घरमा समेत पस्ने गरेकाे उनले वताए । त्यस कारण बाताबरण प्रदुशषण हुनुकाे साथै स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेकाे उनकाे गुनासाे छ ।

स्थानिय प्रशासनलाई यस बारे ध्यानकार्षण गराउदा पनि कुनै सुनवाई नभए पछि बाध्य भएर बिराेध प्रदर्शनमा उत्रनु परेकाे यादवले वताए । अझै पनि ट्रककाे ओभर लाेड राेकिएन भने अनिश्चितकालिन चक्का जाम गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिए ।

स्थानियहरुले साेमबार विहान ११ बजेदेखी १२ बजे सम्म एक घण्टा चक्का जाम गरी बिराेध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:6.184 sec. Memory consumption:81.46 mb