22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगञ्जमा शेयरसम्बन्धी आधारभूत तालीम सम्पन्न

talim sampan

वीरगञ्ज । युवा उद्यमीहरूको पहलमा वीरगञ्जमा शेयर बजार सम्बन्धी आधारभूत तालीम सम्पन्न भएको छ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्ज र प्रभु क्यापिटल लिमिटेडको संयुक्त आयोजनामा शनिबार शेयरसम्बन्धी तालीम भएको हो ।

लगानीको अवसरको खोजीमा रहेका युवाहरूलाई शेयर बजारको सम्भाव्यता बारेमा जानकारी दिने उद्देश्यले तालीम आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।

वीरगञ्जका बिजनेश स्कुल र शेयर बजारमा रुची राख्ने लगानीकर्ता गरी २५० जना सहभागीलाई प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले शेयर बजारका बारेमा आधारभूत पक्षका बारेमा जानकारी दिएका थिए ।

तालीमको उद्घाटन समारोहका प्रुमख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश २ का कार्यकारिणी समिति सदस्य अशोककुमार टेमानीले शेयर बजारका लगानीकर्ताले लगानीकोे प्रकृति र चुनौतीहरूलाई सुक्ष्म ढंगले विश्लेषण गर्नुपर्ने बताए ।

उहाँले कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था र पृष्ठभूमिका बारेमा पर्याप्त जानकारी राख्न लगानीकर्तालाई आग्रह पनि गरे ।

एनवाईईएफका संस्थापक अध्यक्ष अरविन्द अमात्यले अर्थतन्त्रका बारेमा समुदायमा वृहत जानकारी प्रवाहको आवश्यकता औंल्याए । वीरगञ्जमा एक दशकको अन्तरालपछि एनवाईईएफको पुनर्जागरण भएकोमा अमात्यले खुशीसमेत व्यक्त गरे ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज, वीरगञ्ज कलेज, नेशनल एकेडेमी कलेज, नेशनल इन्फोटेक, हरिखेतान बहुमुखी क्याम्पसलगायतको साझेदारी थियो ।

कार्यक्रममा एनवाईईएफका द्वितीय उपाध्यक्ष सन्दिप अग्रवाल, सदस्यहरू विकास ठाकुर, विश्वासप्रताप शाह, आशीष लाठ, मनिषा सुनुवार श्रेष्ठ, काजल सिंह, पंकज अग्रवाल, संकल्प शाक्य, नमिता शाक्य लगायतको  सहभागिता रहेकाे थियो ।  

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.338 sec. Memory consumption:81.47 mb