26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

प्रजनन् स्वस्थ्य अधिकार सम्बन्धि एक दिने गाेष्ठि सम्पन्न

वीरगंज । गैर सरकारी संस्था महासंघ नेपाल पर्साकाे आयाेजनामा शनिबार वीरगंजमा आङ खस्ने समस्या एवम् यौन तथा प्रजनन् स्वस्थ्य अधिकारका सवाल बिस्तारित सम्बन्धि एक दिने गाेष्ठि सम्पन्न भएकाे छ ।

वातावरणिय कृषि तथा विकास केन्द्र काठमाडाैंकाे सहयाेगमा प्रजनन् अधिकार कार्यक्रम अन्तर्गत नगर सभा गृह वीरगंजमा भएकाे गाेष्ठि सम्पन्न भएकाे हाे ।

गाेष्ठिकाे उद्घाटन कार्यक्रममा वाेल्दै गैर सरकारी संस्था महासंघ नेपाल पर्साका पूर्व अध्यक्ष कमल माेहन पाेखरेलले महिला प्रजनन् अिधकारकाे सवालमा स्थानिय तहसंगकाे समन्वय जरुरी रहेकाे वताए । उनले गैर सरकारी संस्थाहरुले स्थानिय तहसंग समन्वय गरि यस क्षेत्रमा बजेट छुट्याउन पहल गर्नु पर्ने सुझाए ।

अर्का पूर्व अध्यक्ष सुरेश कुशवाहाले सरकारी कार्यालयले गर्न नसकेकाे काम गैर सरकारी संस्थाले गरेकाे वताउदै महिलाकाे प्रजनन् अधिकारकाे सवालमा पनि विभिन्न संघ/संस्था संग समन्वय गरी काम गर्नु पर्ने वताए ।

गैर सरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएकाे कार्यक्रममा महासंघ प्रदेश नं. २ का सदस्य नरेश जयसवाल, महासंघ पर्साकी उपाध्यक्ष अर्चना गुप्ता, सचिव चन्देश चौहान लगायतकाले मन्तव्य राखेका थिए ।

महिला प्रजनन् अधिकारकाे क्षेत्रमा काम गर्ने पर्साका १० गैर सरकारी संस्थाका एक महिला र एक पुरुष प्रतिनिधि गरी २० जनाकाे सहभागिता रहेकाे गाेष्ठिमा प्रशिक्षक ईश्वरी नेपाल, निर्मल साह, रमेश भटराईले प्रशिक्षण दिएका थिए ।

गाेष्ठिले ब्रिलिएन्ट युवा क्लब कालिकामाई गाउँपालिकाकाे संयोजकत्वमा ११ सदस्यीय आङ खस्ने समस्या एवम् याैन तथा प्रजनन् स्वास्थ्य संजाल गठन समेत गरेकाे गैर सरकारी संस्था महासंघ नेपाल पर्साका काेषाध्यक्ष मनाेज यादवले वताए ।

जुन संजालकाे सदस्यमा अरुणोदय युवा क्लब, दिब्य युवा क्लब, समाजिक संस्था जिल्ला समन्वय समिति, नारी सिप कला केन्द्र, सुर्याेदय युवा क्लब, युवा जनशक्ति समाज नेपाल, न्यु नमुना युवा क्लब, एसडिसीसी, त्रिनेत्र युवा क्लब र किड संस्था रहेको काेषाध्यक्ष यादवले जानकारी दिए । 

गाेष्ठिकाे समापन्न समारोहमा सहभागिहरुकाे तर्फबाट निर्मला भण्डारी, जयनारायण चौधरी, मालती गुप्ता लगायतकाले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:4.507 sec. Memory consumption:81.48 mb