26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न

khad sawchhata talim

वीरगंज । वीरगंजमा खाद्य स्वच्छता सम्बन्धी एक दिने तालिम मंगलबार सन्पन्न भएको छ । होमेस्टेय तथा होटल/रेसटुरेण्ट क्यान्टिङ्ग संचालकहरुको लागि वीरगंजस्थित भिस्वा होटलमा संचालित तालिम सम्पन्न भएको हो ।

खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय वीरगंजको आयोजनामा तथा होटेल व्यवसायी संघ पर्साको सहकार्यमा भएको तालिममा वीरगंज महानगरमा रहेका होटेल, रेस्टुरेन्ट, क्यान्टिन, भोजनालय, मिठाई पसलहरुलाई खाद्य स्वच्छता कायम गर्नका लागि पालना गर्नु पर्ने आवस्यक मापदण्डहरुका बारेमा जानकारी गराईएको थियो ।

तालिममा खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय वीरगंज कार्यालयका प्रमुख बिक्की राउतले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उनले होटेलको वरपरको वातावरण सफा राख्ने, खाद्य बस्तु तयार गर्दा पिउन मिल्ने सफा प्रशोधित पानीको प्रयोग गर्ने, पानी भण्डारण टयाङ्गकिको नियमित सरसफाइ गर्ने, खानालाई पाकिन्जेल सम्म राम्ररी पकाउने, तातो खानालाई ६० डिग्री सेल्सियस भन्दा माथि र चिसो खानालाई ५ डिग्री सेल्सियस भन्दा तल भण्डारण गर्ने, मांसाहारी र शाकाहारी तथा पाकेको र काचो खानालाई छुट्टाछुट्टै भाडामा भन्डारण गर्ने, शाकाहारी र मासाहारी, काचो र पाकेको खानाको लागि बेग्लाबेग्लै रङ्गको चपिङ्ग बोर्ड तथा चक्कुको प्रयोग गर्ने, सफा लुगा र एप्रोनको प्रयोग गर्ने, हेयर क्याप, माक्स, जुत्ता कभर, पन्जा आदिको प्रयोग गर्ने, खाना छुनु भन्दा अघि वा पछी, शौचालयको प्रयोग पछी, नाक कान छोए पछी र खोके पछी साबुन पानीले राम्ररि हात धुने लगायतको कुरामा सबैले ध्यानदिएमा उपभोक्ताहरुले स्वच्छता र गुणस्तर खाना पाउने कार्यपत्र प्रस्तुत गरेका थिए ।

खाद्य प्रबिधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय वीरगंजका प्रमुख किक्की राउतको अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको प्रमुख आतिथ्यतामा भएको तालिममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, नेपाल होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश न.२ का महासचिव तबरेज आलम, नेपाल पत्रकार महासंघ प्रदेश न.२ का सदस्य जगत राई, उपभोक्ता हित संरक्षण मञ्च वीरगंज महानगरका अध्यक्ष अजित कुमार भुजेल, घरेलु तथा साना उद्योग कार्यालय वीरगंजका अशोक पान्डे, होटल व्यवसायी संघ पर्साका अध्यक्ष दिपकमान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.791 sec. Memory consumption:81.47 mb