24.6 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

शिक्षा विकास समन्वय समितीको बैठक सम्पन्न

baithak

वीरगंज । राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गतका जिल्ला शिक्षा विकास समन्वय समितीकाे बैठक सोमबार वीरगंजस्थित दियालो होटलमा सम्पन भएको छ ।

जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयका प्रमुख फतबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्ला स्तरिय अनुगमन समितीमा ३ जना सदस्य थप गर्ने निर्णय गरेको छ । वीरगंज महा नगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्ण, जिल्ला शिक्षा विकास समन्वय ईकाई कार्यालयबाट मनोज चौधरी र छिपहरमाई गाउपालिकाकी शिक्षा प्रमुख सृजना बुढाथोकीलाई थप गर्ने निर्णय गरिएको कार्यक्रमका जिल्ला संयोजक रामनारायण साह रौनियारले बताए ।

बैठकले बिन्दवासिनी र जिराभवानी गाउपालिकामा ग्राण्ड सहितको कार्यक्रम गर्ने अनुमोदन गरेको छ । साथै बैठकले अब दोस्रोे चरणको कार्यक्रमलाई प्रभावकारी बनाउन पालिकाका प्रतिनिधीहरुलाई क्षमता अभिबृद्धि गर्ने र कोभिडबाट प्रभावित शिक्षाको स्तरलाई उकासन सपोर्ट गर्ने सहितको कामको अनुमोदन समेत गरेको छ ।

बैठकमा नेपाल पत्रकार महासंघका सचिव युवराज खडका, गैरसरकारी संस्था महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, डिसिटीका सदस्य लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स

सिनेमा हलमा एमआरपीभन्दा बढी मूल्यमा खानेकुरा बिक्री गर्न नपाइने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.834 sec. Memory consumption:81.47 mb