26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

मुस्लिम आयोगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

वीरगंज । मुस्लिम आयोगको आयोजनामा सोमबार वीरगंजमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्थानिय तहका पदाधिकारीहरु संग मुस्लिम समुदायको हक हितको संरक्षण, सम्वर्धन र सशक्तिकरण बिषय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

आयोगका अध्यक्ष समिम मियाँ अंसारीको प्रमुख आतिथ्यमा ओयोजित कार्यक्रममा वक्ताहरुले नेपालको हरेक क्षेत्रमा मुस्लिम समुदायको अनिवार्य समावेश हुनुपर्ने कुरामा जोड दिएका थिए ।

वक्ताहरुले मुस्लिम समुदाय नेपालमा सदियौ देखि वसोवास गर्दै आएपनि नेपाल सरकारले नेपाली मुस्लिमसंग बिभेद गरेको आरोप लगाए । उनीहरुले मठ मन्दिर निर्माणको लागि बजेट छुट्याए जस्तै मस्जिद ,मर्दसाको लागि पनि बजेट छुट्याउन माँग गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य करिमा वेगम, पोखरीया नगरपालिका मेयर दिपनारायण रौनियार, उपमेयर सल्मा खातुन, जगरनाथपुर गाँउपालिका अध्यक्ष जालिम मियाँ, उपाध्यक्ष विशमिला खातुन, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जयसवाल, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आ–आफ्नो धारणा राखेका थिए ।

जिल्ला समन्वय समितिका प्रमुख नेक महम्मद अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा शसस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खड्का, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, नेपाली कांग्रेसका नेता सहरुम गद्दी, डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रेयाज अहमद अंसारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:7.404 sec. Memory consumption:81.46 mb