26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

हिन्दु स्वयंसेवक संघले वीरगन्जमा भव्य रुपमा पथ संचालन गर्ने

hindu sawmsewak

वीरगंज । हिन्दु स्वयंसेवक संघ नेपाल पर्साले वीरगन्जमा भव्य रुपमा पथ—संचालन (रुटमार्च) कार्यक्रमको आयोजना गर्ने भएको छ । सामाजिक तथा सांस्कृतिक संगठनको रुपमा रहेको संघले यही माघ २४ गते शनिबार प्रशिक्षित हिन्दु स्वयंसेवकहरु गणवेशमा पथ—संचालन गर्ने कार्यक्रम तय भएको संघका जिल्ला संघचालक ललन द्धिवेदीले बताए ।

संघको वीरगन्ज शाखाद्वारा निर्मित स्वंयसेवकहरुको एकत्रिकरणका निम्ती पथ—संचलान कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रमको मुख्यअतिथिमा नेपाल प्रहरीका अवकाश प्राप्त अतिरिक्त प्रहरी महानिरिक्षक एवं संघका राष्ट्रिय सह संघचालक कल्याण तिमिल्सिनाले गर्नुहुने उनले बताए ।

आर्दशनगरस्थित रहेको ठाकुराम बहुमुखी क्याम्पसको शिक्षा संकायको मैदानबाट शनिबार विबहान १२ बजे निकालिने मार्चपास बालमन्दिर, घडिअर्वा, माईस्थान, घण्टाघर हुदै पुन: माईस्थान, आर्दशनगर, अलखिया मठ, कन्या मावि, गणेशमान चौक, विर्ता मन्दिर, मकालु होटल, कैलाश चौक हुदै क्याम्पसको शिक्षा संकायको मैदानमा पुगि समापन हुने छ ।

सामाजिक तथा सांस्कृतिक संगठनको रुपमा रहेको हिन्दु स्वयंसेवक संघले नेपालमा २९ बर्षदेखि विभिन्न सामाजिक कार्यगर्दै आएको छ । संघले शिक्षा, सेवा, प्रशिक्षण, जागरण ईत्यादीको माध्यमले अनुशासित चरित्रवान, सुसंस्कारित तथा देश—भक्त व्यक्ति निर्माण गर्दै राष्ट्र निर्माणको कार्य गर्ने उदेश्य लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.875 sec. Memory consumption:81.46 mb