26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

पृथ्वी जयन्तीको अवसरमा माल्यार्पण एवम् साडी बितरण

वीरगंज । पृथ्वीनारायण शाहको २ सय ९९ औं जयन्ती एवम् राष्ट्रिय एकता दिवसको अवसरमा साेमबार वीरगंजमा र्याली एवम्‌ माल्यार्पण कार्यक्रम सम्पन्न भएकाे छ ।
 
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीले पृथ्वीनारायण शाहको तस्बिरलाई बगीमा राखी बाजागाजा सहित घण्टाघरबाट निकालीएको झाँकी नगरको विभिन्न भागको परिक्रमा गर्दै पुनःघण्टाघरमा पुगी सभामा परिणत भएकाे थियाे ।
 
कार्यक्रमका प्रमुख अतिथी नागरिक समाजका अगुवा एवम् प्रध्यापक डा. दिपक शाक्यले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्दै आजको परिवेशमा सम्पूर्ण जनता एक हुनु पर्ने कुरा औल्याए । उनले सम्पुर्ण नेपाली जनता एक नभए सम्म चार वर्ण ३६ जातका फुलवारी असुरक्षित रहेको भन्ने कुरामा जोड दिए ।
 
बीरगंज महानगर पालिकाकाकी उपमेयर शान्ति कार्कीले पृथ्वीनारायण शाह नेपाल र नेपालीको बुबा हुनु भएकोले वहाँलाई कहिले पनि बिर्सन नहुने कुरामा जोड दिइन । वर्तमान सरकारले नचाहेको खण्डमा बिदा दिने गरेको र पृथ्वीनारायण शाहको जयन्तीमा बिदा नदिने गरेकोमा आपती समेत जनाइन ।
 
समाजसेवी एवम् राष्ट्रबादी पशुपति बिक्रम शाहले अहिलेको परिस्थितमा एक जना पृथ्वीनारायण शाह जस्तै बीर पुरुषको खाँचो रहेको हुँदा फेरी नेपालमा पृथ्वीनारायण जनमिनु पर्ने आवश्यक्त रहेको वताए । उनले सम्पूर्ण राष्ट्रवादीहरुलाई एकतामा अनेकता नगर्न आग्रह गरे ।
 
राष्ट्रिय सरोकार मंच नेपाल नारायणीका संयोजक नन्दकिशोर गोयलको अध्यक्षतामा भएकाे कार्यक्रममा हिन्दु युवा संघका केन्द्रिय सदस्य राजेश सिंह राठौर, बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डे, मंचका कानुनी सल्लाहकार हरिहर साह, सरोकार मंचका केन्द्रिय सदस्य अर्जुन सिंह, सिमराका अध्यक्ष पुरुषोतमलाल श्रेष्ठ, बारा मंचका आत्माराम लगायतले पृथ्वीनारायण शाहको जिवनीकाबारे चर्चा गरेका थिए ।
 
कार्यक्रममा बिगत लामो समय देखी सहयोग गर्दै आएका भारतीय र नेपाली संचारकर्मीहरुलाई ढाका टोपी र खादा ओढाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।
 
उक्त कार्यक्रममा संजु देवी, किरण कुमारी, रामपती देवी, सिता देवी, चम्पा देवी, साबित्री देवी, अन्सु देवी सुनिता देवी, साल्मा खातुन लगायत ४५ जना महिलाहरु साडी समेत बितरण गरिएको प्रेस संयोजक प्रणय कुमारले जानकारी दिए ।
 
उक्त कार्यक्रममा सम्पूर्ण अतिथीहरुलाई मंचका उपाध्यक्ष कमल घिमिरे र नगर संयोजक उपेन्द्र बरैले खादा ओढाई स्वागत गर्नु भएको थियो ।
 
कार्यक्रममा मंचका सचिव मकबुल मियाँ बरही, सदस्य अशोक मण्डल, अजय तिवारी, राजाराम साह लगायत स्थानियबासी, समाज सेबी, भद्रभलादमी, पत्रकारहरुको समेत सहभागीता रहेको थियो ।
 
लक्ष्मी साहित्य समाजका अध्यक्ष महेशचन्द्र गौतमले कार्यक्रममा स्वागत भाषण गर्नु भएको थियो भने कार्यक्रमकाे संचालन सुर्या शुभचिन्तकले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:208. Generation time:3.980 sec. Memory consumption:81.25 mb