26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

भारतको पटनामा भेटिए वीरगंजबाट हराएका दुई बालक

वीरगञ्ज । वेपता भएका वीरगंजका दुई बालक भारतकाे पटनामा फेला परेका छन् । शनिबार बिहान साढे ११ बजेदेखि वेपत्ता भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ विर्ता निवासी जगरनाथ कलवारका छोरा शिवेस कलवार र दिपेश शर्माका छोरा प्रनिस शर्मा भारत विहार राज्यको पटना शहरमा भेटिएका हुन् ।

दुवै बालक बिहार प्रहरीलाई भेटेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेस राज पुरीले बताए । ’दुवै बालक हाम्रो सम्पर्कमा आएका छन्,’ प्रहरी निरीक्षक पुरीले भने, ’बिहार प्रहरीले हामीलाई सम्पर्क गरेर बालकहरु फेला परेको बताएको छ ।’

उनीहरुलाई बिहार प्रहरीसँग समन्यव गरेर नेपाल ल्याउने प्रयास भइरहेको पुरीले जानकारी दिए । दुवै बालक पटना कसरी पुगेको भन्ने बारे अहिले केहिपनि भन्न नसकिने उनले बताए ।

शिवेसको घरबाट ट्युसन पढेर फर्किने क्रममा वीरगञ्ज चुरोट फ्याक्ट्री जाने बाटोस्थित सूर्या हस्पिटल नजिकैबाट उनीहरु शनिबार वेपता भएका थिए । बालकहरु वेपता भएपछि उनीहरुका अभिभावकले प्रहरीलाई जानकारी गराउदै सामाजिक सञ्जालमार्फत बालकहरुलाई खोज्न सहयोग गर्न आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:7.206 sec. Memory consumption:81.47 mb