2 April 2025
KALIKATIMES.COM

कविता र शक्तिको ‘एउटा यस्तो प्रेम कहानी’

नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । यो चलचित्रको निर्माण घोषणा भएको केही बर्ष भएको थियो ।

तर, अब भने यसको निर्माणपक्षले चलचित्र रिलिजको तयारी गरेको छ । दिनेश दर्शनधारी र यशोधा राइको लगानीमा बनेको यो चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गरेका हुन् । यो चलचित्र माघ १ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रको शिर्ष गीत काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शक्ति श्रेष्ठ र कविता मानन्धरको रोमान्टिक अवतार देख्न सकिन्छ ।

बसन्त सापकोटाको संगीत, सुष्मा राइको शब्द रहेको गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर छ । शिव श्रेष्ठको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का लगायतका कलाकारको अभिनय छ ।

चलचित्रबाट शक्ति, कविता र संयक दर्शनधारीले डेब्यू गर्दैछन् । चलचित्रमा सुनिल कटुवाल, राम नारायण शाह, दिनेश थापामगर, खुम तामाङ, तारा तुलाधर सह–निर्माताको रुपमा छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

रोमान्टिक शैलीको “जाऊ हिँड पोखरा” सार्वजनिक

कालिका टाईम्स

क्युएफएक्स वीरगंजकाे पहिलो बार्षिकाेत्सवमा दर्शकलाई अफर

कालिका टाईम्स

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:214. Generation time:3.121 sec. Memory consumption:82.57 mb