30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

वीरगंजमा पनि अंगेजी नयाँ वर्ष विभिन्न कार्यक्रम गरी मनाईदै

वीरगंज । पर्सा, बारामा पनि अंग्रेजी नयाँ वर्ष २०२१ को पहिलो दिन विभिन्न कार्यक्रम गरी मनाईदै छ । प्रत्येक वर्षझै झै यस वर्ष पनि वीरगंजको घडिअर्वा पोखरी, भिस्वा डाँडा लगायतको पर्यटकी स्थलमा नयाँ वर्ष मनाउनेहरुको चहलपहल बढेको छ ।

शुक्रबार बिहानै देखी वीरगंजको सडक र बजारमा मानिसको चहलपहल घटे पनि घडिअर्वा पोखरी, भिस्वा डाँडा लगायत ठाउँमा बढ्ेको छ ।

यस्तै वीरगंजको विभिन्न होटल तथा रेष्टुरेन्टहरुमा मानिसको बाक्लो जमघट भई मिठो खाने कुरा खादै नयाँ साल मनाईदै छ ।
कोरोना महामारीको कारण सिमा नाका बन्द भएकोले विगत वर्षको तुलनामा यो वर्ष भारतबाट आउने पर्यटकहरुको संख्यामा कमी आएको छ ।

आधुनिकतासंगै नयाँ वर्ष मनाउने मोडल पनि फेरिएको छ । खासगरी अहिलेका युवायुवतीहरु नयाँ वर्ष मनाउन बढि उत्साहित देखिएका छन् । गाउँबाहिर गई मिठो परिकार बनाई भोजभतेर गर्नुको साथै विभिन्न गित संगित बजाउँदै, नाच्दै नयाँ वर्षको आनन्द लिने गरेका छन् ।

नयाँ वर्षको दिन युवायुवतीहरु विभिन्न पर्यटकीय स्थलमा गई घुमफिर गर्ने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:216. Generation time:3.866 sec. Memory consumption:81.46 mb