24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

महुवनमा शान्ति र लैगिंक वातावरण सभा

santi sabha_kalikatimes

पाेखरिया । पर्साको सखुवा प्रसौनि गाउँपालिका वडा न. ५ महुवनमा बुधबार शान्ति र लैगिंक वातावरण सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरीया नगरपालिकाकी उपमेयर सलमा खातुनले मानव र वातावरणबिचको सम्बन्ध सन्तुलन भए मात्रै मानव जिवनले सार्थकता पाउने वताइन ।

खातुनले अँझै पनि समाजमा लैंगिक हिंसा तथा बिभेदीकरण जस्ता कुरीतीहरु जिवितै रहेकोमा दुखेसो पोख्दै यसको अन्त्यका लागि शिक्षामा शसक्तिकरण भएर लाग्नुपर्नेमा जोड दिइन ।

कार्यक्रमकी बिशिष्ट अतिथि पटेर्वासुगौलि गाउँपालिकाकी उपप्रमुख ममता महतो थारुले बिभेद विरुद्धको अभियान सबैलै आ आफ्नो घरबाट शुरु गर्नेपर्ने वताइन । घरमै छोरा र छोरी बिचको बिभेदको अन्तय नभए सम्म समाजमा बिभेद रही रहने बताउँदै महताेले छोरा वा छोरीको जन्म हुने बित्तिकै एउटा बिरुवा रोप्नुपर्ने धारणा राखिन ।

sabha_kalikatimesपिस फर दलित फाउण्डेशनका अध्यक्ष मनोज रामको सभापतित्वमा भएको कार्यक्रममा वडा न. ५ का अध्यक्ष रुपलाल यादब, स्थानिय दलित अगुवा गणेश महरा, स्माइल फर मिलियन्सका अध्यक्ष दिपक कुमार, युवा राजदुुत अभिषेक कपुर, सामाजिक मिडिया प्रचारक त्रिलोचन भल्ला, यात्राद्वारा महिला शसक्तिकरण नेपालकी अध्यक्ष सजना भडेल, सदस्यद्वय मनिषा धिताल, उदय खड्का, बालअधिकारकर्मी ज्योति साह, अशोक राम, ज्योति कलवार, गाउँपालिका बाल क्लब संजालका अध्यक्ष अर्जुन साह लगायतलकाे सहभागिता रहेकाे  थियाे ।

दलित समुदायको बिकासका लागि पिस फर दलित फाउण्डेशन र यु आर आई को सहकार्यमा स्माइल फर मिलियन्स नामक संस्थाले सम्मेलनको आयोजना गरेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:215. Generation time:4.101 sec. Memory consumption:82.47 mb