24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीले गर्भावति महिलाहरुलाई विभिन्न सामग्री वाडदै

sakhuwa prasauni samgri badade_kalikatimes

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज देखी गर्भवति महलिाहरुलाई आवश्यक पर्ने विभिन्न सामग्री वितरण सुरु गरेकाे छ । गर्भवती महिलाहरुलाई मेडिकेटेड झुल १ थान, आयोनुन १ थान र गर्भवतिले खाने क्यालसियम चक्की नि:शुल्क बितरण कार्यक्रमकाे सुरुवात गरेकाे हाे ।

एक कार्यक्रमका बिच सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदिप जयसवालले स्वास्थ्चौकी महुअवनबाट गर्भवति महिलाहरुलाई सामग्री बितरण गरी शुभारम्भ गर्नु भएको हाे । गाउँपालिका अन्तर्गतका ६ वटा स्वास्थ्य शाखाबाट गर्भवती जाँच गराउने आउने महिलाहरुले नि:शुल्क सामग्री वितरणकाे औपचारिक सुरुवात गरिएकाे प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादवले वताए ।

गर्भवति तथा गर्भमा रहेका बच्चालाई आवश्यक पोषण पाउनुको साथै लामखुटेको टोकाईबाट गर्भवति तथा बच्चालाई सुरक्षित राख्न मदत पुग्ने उद्देश्यले गाउँपालिकाबाट सामग्री वितरण गर्न थालिएकाे स्वास्थ्य शाखाका संयोजक राजेश रौनियारले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.145 sec. Memory consumption:82.46 mb