24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

सखुवा प्रसाैनीमा “सुत्केरी पाेषण स्याहार कार्यक्रम” संचालन

sutakeri mahila harulai dal ra tel bitran_kalikatimes

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले “सुत्केरी पाेषण स्याहार कार्यक्रम” संचालन गरेकाे छ । गाउँपालिकाकाे स्वास्थ्य शाखकाे आयाेजनामा सुरु भएकाे कार्यक्रम अन्तर्गत बर्थिङ्ग सेन्टरबाट प्रस्तुती भएका आमाहरुलाई ५ किलाे दाल र एक लिटर खाने तेल वितरण गरिएकाे छ ।

सखुवा प्रसाैनी स्वास्थ्य चाैकीबाट ०७६ श्रावण देखी कार्त्तिक सम्म सुत्केरी भएका एक सय जना आमाहरुलाई बिहिबार दाल र तेल वितरण गरिएकाे स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद राैनियारले वताए । सुत्केरी भएका आमाहरुलाई एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रदिप जयसवालले दाल र तेल वितरण गरी कार्यक्रममा सुरुवात गरे।

त्यस्तै गाउँपालिका अन्तर्गतका महुवन र मधुवन मथवल स्वास्थ्य चाैकीबाट सुत्केरी भएका आमाहरुलाई दाल र तेल वितरण भइरहेकाे स्वास्थ्य शाखा प्रमुख राैनियारले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.146 sec. Memory consumption:82.46 mb