26.7 C
Birgunj
25 October 2024
KALIKATIMES.COM

गढीमाई मेलाकाे अवसरमाा रक्तदान कार्यक्रम

वीरगंज । भोलन्टियर समूह बिरगंजको समन्वय एवं एनिमल ईकुवालिटीको आयोजनामा गढिमाइ मेलाको अवसरमा आज कलैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कलैया स्थित देवकी धर्मशालामा भएको रक्तदान कार्यक्रममा भोलन्टियर वीरगंजका संयोजक राजन श्रीवास्तव, महासचिव श्याम सरार्फ, कमलेस कुश्वाहा, दयाशंकर सरार्फ(राज), भगवती सिग्देल, सुजित पटेल गरि २ महिला सहित १७ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमको समन्यव एंव सहकार्य किसन सरार्फले गरेका थिए भने रक्तसञ्चार केन्द्रका जितेन्द्र कुशवाहाको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।

कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन नेपाल पर्साका सचिव अरबिन्द सिह, समाजसेवी सन्जय अग्रवाल, बिक्की सरार्फ, उमेस गुप्ता, अमेय देशमुख, मनिस यादव, राम रहिम संस्थाका प्रतिनिधि, संचारकर्मि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

सहकारी ठगहरूले उन्मुक्ति पाउँदैनन् : मन्त्री गुप्ता

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न, साउथजाेन मावि भए प्रथम

कालिका टाईम्स

स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथिमा श्रद्धाञ्जली सभा

कालिका टाईम्स
SQL requests:215. Generation time:3.517 sec. Memory consumption:81.43 mb