24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

रुपलालकाे जितकाे खुशियालीमा समाजवादीकाे विजय जुलुश (फाेटाे फिचर सहित)

ruplal bijai_kalikatimes

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाकाे वडा नं. ५ महुनवनमा आईतबार समाजवादी पार्टीले बिजय जुलुस निकालेकाे छ । वडाध्यक्षकाे उपनिर्वाचनमा पार्टीका उम्मेदवार रुपलाल कुमार यादव विजयी भए पछि पार्टीले बिजय उत्सव मनाएकाे हाे ।

शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टीका रुपलाल विजयी भएकाे अवसरमा विजय जुलुश निकालिएकाे स्थानिय सुनिल कलवारले वताए । महुवनबाट बाजागाजा सहित निस्केकाे विजय जुलुश वडा अन्तर्गतका महुवन, साेलखपुर र बलुवा गाउँ परिक्रमा गरेकाे थियाे ।

रुपलाल निवर्तमान वडाध्यक्ष स्व. बृजमाेहन यादवकाे जेठा छाेरा हुन् । तत्तकालिन संघिय समाजवादी फाेरमबाट बृजमाेहन निर्वाचित भएका थिए भने निर्वाचित भएकाे ३ महिना पछि नै हृदयघातका कारण निधन भएकाे थियाे ।

bijay julus_kalikatimes

जुलुशमा समाजवादी पार्टीका केन्द्रिय सदस्य विरेन्द्र यादव, निलम्बित सांसद हरिनारायण राैनियार, प्रदेश सांसद प्रहलाद गिरी, मंजुर अन्सारी, सिंघासन साह कलवार, जनत अंसारी, करिमा बेग्म, पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादव, जिल्ला सचिव तबरेज अहमद, जिल्ला सदस्य एवं गाउँपालिका अध्यक्ष प्रदिप जयसवाल लगायत सयौंकाे सहभागिता रहेकाे थियाे ।

bijay utsaw_kalikatimes

रुपलालले १ हजार ३१ मत प्राप्त गर्दै २ सय १२ मत अन्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अशेसर यादवले ८ सय १९ मत प्राप्त गरेका थिए । नेकपाका उदशंकर रौनियार २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानु १६ र राप्रपाका सदरी महराले ८ मत पाएका थिए ।

शनिबार राती नै मतगणना सम्पन्न भए पछि राती नै रुपलाललाई बिजयी घोषणा गरि प्रमाणपत्र पत्र समेत वितरण गरिएको थियो । २ हजार ६ सय २ जना जम्मा मतदाता रहेको उक्त वडामा २ हजार १ सय २८ मत खसेको थियोे । जसमा २२ मत बदर भएको थियो ।

julus2_kalikatimes

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:216. Generation time:4.582 sec. Memory consumption:82.48 mb