24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

महुवन उपनिर्वाचनमा समाजवादीका रुपलाल विजयी

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनको उपनिर्वाचनमा रुपलाल कुमार यादव विजयी भएका छन् । वडाध्यक्षको लागि शनिबार भएको उपनिर्वाचनमा समाजवादी पार्टीका रुपलाल २ सय १२ मतले विजयी भएका हुन् ।

रुपलाल एक हजार ३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका अशेसर यादवले ८ सय १९ मत प्राप्त गरेका छन् । नेकपाका उदशंकर रौनियार २ सय ३२ मत, स्वतन्त्र उम्मेदवार गोपाल साह कानु १६ र राप्रपाका सदरी महराले ८ मत पाएका छन् ।

राती १० बजेर १५ मिनेटमा मतगणना सम्पन्न भए पछि राती नै रुपलाललाई बिजयी घोषणा गरि प्रमाणपत्र पत्र समेत वितरण गरिएको थियो ।

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई र प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको उपस्थितमा बिजयी उम्मेदवार रुपलाललाई प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलले प्रमाण पत्र वितरण गरेका थिए ।

२ हजार ६ सय २ जना मतदाता रहेको उक्त वडामा २ हजार १२८ मत खसेको थियोे । जसमा २२ मत बदर भएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.443 sec. Memory consumption:82.47 mb