30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नेपालकाे प्रबेशद्वार शंकराचार्यमा सरसफाईलाई निरन्तरता दिदै

sankaracharya_sarsafai_kalikatimes
सरसफाई गरिए पछि नेपालकाे मुख्य प्रबेशद्वार शंकराचार्य । तस्बिर : कालिका टाइम्स

वीरगंज । नेपालकाे मुख्य प्रबेशद्वार शंकराचार्यमा आज तेस्राे शनिबार पनि सरसफाई गरिएकाे छ । ‘भोलन्टियर’ नामक समूह वीरगंजको आयाेजनामा बीरगंज रक्सौल वीचमा रहेको मितेरी पुल नजिक शंकराचार्य गेट र आसपासको क्षेत्रमा सरसफाई गरिएकाे हाे ।

सरसफाई अभियानमा महानगरपालिकाले अरु शनिबार साथ दिए जस्ताे आज पनि दिएकाे छ । महानगरले बु्रमर, दमकल सहित केहि सरसफाईकर्मी पठाएर सहयाेग गर्दै आएकाे छ ।

यसका साथै सरसफाई अभियान अन्तर्गत नै शंकराचार्यद्वारमा रहेकाे नेपालकाे झन्डा फेरिएकाे छ । हिजाे शुक्रबार शंकराचार्यद्वारकाे अवलाेकन तथा निरिक्षण गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले झन्डा फेर्ने गरेकाे आग्रह अनुसार झन्डा समेत फेरिएकाे भाेलन्टियर वीरगंजका संयाेजक राजन श्रीवास्तवले वताए ।

सरसफाई सम्पन्न पश्चात सरसफाई अभियानकर्मीहरु शंकराचार्यद्वारकाे झन्डा फेर्दै राष्ट्रगान समेत गाएकाे भाेलन्टियर समुहका महासचिव श्याम सरार्फले वताए ।

सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर वीजय सरावगी, नेकपाका युवा नेता अरबिन्द सिंह, भोलेन्टियर समुहका करण यादव, राजा रौनियार, बिनय गुप्ता, कम्लेश कुश्ववाहा, नुतन सरावगी, सुशिला पौडेल, देवेस गुप्ता, अनिल हजरा, सेशकुमार हजरा, बिक्की सरार्फ, अनिस कुश्वाहा, किस्सु सरार्फ, राजा सरार्फ, दिपलाल साह लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:2.528 sec. Memory consumption:81.4 mb