20 April 2025
KALIKATIMES.COM

राहत तथा बालबिकास शिक्षक संघर्ष समिति गठन

sikxak sangharsamiti_kalikatimes

वीरगंज । पर्साकाे छिपहरमाईमा गाउँपालिकाको वडा नं. ५ तुलसी बर्वामा शनिबार राहत तथा बालबिकास शिक्षकहरुकाे भेला सम्पन्न भएकाे छ । राहत तथा बालबिकास शिक्षकहरुकाे भेलाले गाउँपालिका स्तरिय राहत तथा बालबिकास शिक्षक संघर्ष समिति गठन गरेकाे छ ।

श्री ने.रा.प्रा.वि. तुलसीबर्वामा भएकाे भेलाले हिरालाल प्रसाद यादवकाे अध्यक्षतामा १५ सदस्यि शिक्षक संघर्ष सिमति गठन गरेकाे हाे । जुन समितिकाे उपाध्यक्ष इन्दु देवी, सचिव इसराफिल गद्दी, सह सचिव रमेश कुमार कुशवाहा, काेषाध्यक्ष संजय कुमार, सह काेषाध्क्ष उर्मिला कुमारी यादव, उर्मिला पाण्डे, सदस्य रिता कर्ण, घनश्याम कुमार साह, जितेन्द्र यादव, मुस्ताक गद्दी, राममाला देवी, शाेभा देवी यादव, किरण कुमारी, सुनिता देवी रहेका छन् ।

राहत शिक्षक तथा राहत शिक्षक संघर्ष समितिका अध्यक्ष हिरालाल प्रसाद यादवकाे अध्यक्षता र शिक्षक महासंघ नेपाल कालिकामाई  गाउँपालिका अध्यक्ष इन्द्रदेव प्रसादकाे विशेष उपस्थितीमा भएकाे भेलामा समिति गठन भएकाे हाे ।

भेलाले ३ सदस्यि सलाहकार समिति समेत गठन गरेकाे छ । मुराद गद्दीकाे संयाेजकत्वमा गठन भएकाे सलाहकार समितिकाे सदस्यमा ममता सिन्हा र शाेभा देवी कुशवाहा चयन भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

छिपहरमाई २ मा रास्वपाकाे समिति गठन

कालिका टाईम्स

मुक्त हरवाचरवाकाे समस्या सम्बोधन गर्न सरकार प्रतिबद्ध छ : अर्थ मन्त्री पौडेल

कालिका टाईम्स

विद्यार्थी भर्ना अभियान संचालन गराउन पर्साका सबै पालिका प्रमुखहरु एकमत

कालिका टाईम्स
SQL requests:215. Generation time:2.913 sec. Memory consumption:82.47 mb