22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

चौरसीयाको गोली हानी हत्या, हत्यारा उपर कार्वाहीको माग गर्दै प्रदर्शन

bunilal chaurasiya afant_kalikatimes

वीरगंज । वीरगंज महानगरपालिका कार्यालयको वारुण यन्त्र शाखामा कार्यरत अग्नि नियन्त्रक बुनीलाल चौरसीयालाई गोलीहानी हत्या भएको पुष्टि भए पछि हत्याराको कार्वाहीको मांग गर्दै प्रदर्शन भएको छ । मृतकका आफन्त सहित स्थानियहरुले शनिबार दिउसो वीरगंजको घण्टाघरमा शव राखि प्रदर्शन गरेका हुन ।

बिहीबार साँझ घरबाट निस्किएका उनको शव शुक्रबार विहान वीरगंज १६ नागवा स्थित माइधीया पोखरीको डिलमा फालिएको अवस्थामा फेला परेको थियो । मृतक चौरसियाको शवको नारायणी अस्पतालमा भएको पोस्टमार्टबाट मृतक चौरसीयाको टाउकोमा २ गोली, छातीमा २ गोली र नाईटोमा १ गोली गरी ५ गोली लागेको खुलेको छ ।

मृतकको पोष्टमार्टम रिपोर्टबाट गोली हानी हत्या भएको आफन्त र स्थानियहरुले थाह पाए पछि हत्या उपर कडा भन्दा कडा कार्वाहीको मांग गर्दै प्रदर्शन गरेका हुन् ।

चौरसीयाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक दम्पतिलाई शुक्रबार राति नै नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्ज ६ माइस्थानका दिपक किशोर अग्रवाल र उनकी श्रीमति निधी अग्रवाललाई पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका अग्रवाल दम्पतिको घरमा शुक्रबार राति नै प्रहरीले खानतलासी गरेको छ । अग्नि नियन्त्रक चौरसियाको हत्याले वीरगंजको शान्ति सुरक्षामा प्रहरीको लागि चुनौतिको बिषय बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:3.727 sec. Memory consumption:81.41 mb