7 April 2025
KALIKATIMES.COM

बिन्दबासिनीको गाउँ सभा सम्पन्न, आ.व.०७६/७७ को कुल बजेट ३३ करोड

kalikatimes

बीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिकाको गाउँ सभा आज सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्रीलाल साह कानुको अध्यक्षतामा भएको सभामा आर्थिक बर्ष ०७६/०७७ को लागि कुल ३२ करोड ९७ लाख बराबरको बजेट प्रस्तुत गरिएको छ ।

जसमा चालु तर्फ १६ करोड, ७० हजार र पूँजीगत तर्फ १६ करोड, ९६ हजार, ६७ हजारको बजेट पारित भएको प्रमुख प्रशासकिय अधिकृत सुजित साहले वताए । सभाले बिभिन्न बिषयमा योजना तय गर्नुको साथै शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्र, बिकास निर्माणमा समेत बजेट बिनियोजन गरेको शासकिय अधिकृत साहले वताए ।

साहका अनुसार सभाले शिक्षामा ९५ लाख ६८ हजार, स्वास्थ्यमा ३९ लाख ९८ हजार, कृषीमा ५० लाख, पशुमा २३ लाख लगायतको शिर्षकमा बजेट छुट्याएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषी, सडक, नाला लगायतको पालिकाको समग्र बिकासमा ध्यान दिने जनाइएको छ । गाउँ सभामा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले बजेट प्रस्तुत गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स

वीरगंजमा टी२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता सुरु

कालिका टाईम्स

नगर प्रमुख पाठककाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति, विवादित शिक्षक नियुक्ति रद्द गरि पुन: गर्न माग

कालिका टाईम्स
SQL requests:215. Generation time:5.363 sec. Memory consumption:82.44 mb