24.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

कालिकामाईमा विभिन्न पार्टी परित्याग गरि एक सय २५ जनाद्वारा नेपाली काङ्ग्रेसमा प्रबेश

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाको वडा नं. ४ प्रशुरामपुरमा शनिबार नेपाली काङ्ग्रेसको शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काङ्ग्रेसको वडा समितिले हिन्दुहरुको महान चाड दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना अदान-प्रदान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि एक सय १२५ जना नेपाली काङ्ग्रेसमा प्रवेश समेत गरेका छ्न ।

नेपाल संघिय समाजवादी पार्टीका लक्षमण साह, नेकपाका सोनालाल दास तात्वा र मोलाजिम मियाँको नेतृत्वमा एक सय २५ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेको गाउँपालिका संयोजक राजेन्द्र प्रसाद कुर्मीले वताउनु भयो ।

नव प्रबेशिहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य रमेश रिजाल, अतिथी पुर्व मन्त्री तथा केन्द्रिय सदस्य अजय चौरसिया, पुर्व मन्त्री तथा नेता सुरेन्द्र चौधरी लगायतकाले फुलको माला र अबिरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।

वडा समितिका अध्यक्ष सिकेन्द्र देवानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि बृहस्पती श्रेष्ठ, क्षेत्रीय नं. ४ का सभापति रमेश पाण्डे, युवा नेता नवीन सिंह, गाउँपालीका संयोजक कुर्मी लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वागत भाषण गाउँपालिका सह संयाेजक छठु साहले गरेका थिए भने कार्यक्रमको संचालन क्षेत्र नं. ४ का सचिव श्रीकान्त यादवले गरेका थिए । कार्यक्रममा स्थानिय पार्टी कार्यकर्ता तथा गाउँबासीको उल्लेखनिय उपस्तिथि रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:6.931 sec. Memory consumption:82.42 mb