26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

घाँटी रेटिएको अवस्थामा फेला परेको शवको पहिचान

saw phela_kalikatimes

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ हांसवामा घाँटी रेटिएको अवस्थामा मंगलबार फेला परेको शवको आज सनाख्त भएको छ । फेला परेको शव भारत विहार पश्चिमी चम्पारण सिकटाको वडा नं. १० निवासी २७ बर्षिय संदिप कुमार केशरीको रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

हांसवास्थित पुल नजिकै खाल्डोमा फेला परेको शवको बुधबार विहान १० बजे पहिचान भएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए । मंगलबार विहान ११ बजे व्यवारीसे अवस्थामा स्थानियहरु शवलाई देखे पछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटना स्थलमा पुगी शवको मुचुलका उठाई पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको थियो ।

अहिले पनि शव नारायणी अस्पतालमा नै रहेको र इलाका प्रहरी कार्यालय पोखरियाले मृतकका बुआ, आमा सहितको आफन्तलाई आफ्नो गाडीबाट शव राखिएको ठाउँ नारायाणी अस्पताल वीरगंजमा पठाएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए । फेला परेको शव हत्या गरेर नै फालेको प्रहरीको प्रारम्भीक अनुसन्धान छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.727 sec. Memory consumption:81.45 mb