26 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

घाँटी रेटिएको अवस्थामा बिन्दवासिनी गापामा एक युवक शव फेला

saw phela_kalikatimes

वीरगंज । पर्साको बिन्दवासिनी गाउँपालिका वडा नं. ५ हांसवामा घाँटी रेटिएको अवस्थामा एक युवकको शव फेला परेको छ । हासवास्थित पुल नजिकै खाल्डोमा फेला परेको शवको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

अन्दाजी २५ देखी ३० बर्षको सेतो कालो धर्का भएको रातो टी सर्ट, कालो जीन्स पाइन्ट र रातै जुत्ता लगाएको युवकको घाँटीमा धारिलो हतियारले काटेको अवस्थामा शव फेला परेको इलका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र सिंहले वताए ।

‘घाँटीमा काटिएको जस्तो चोट छ, मृतकको पहिचान खुलेको छैन,’ उनले भने, ‘मृतकको पहिचानसँगै के कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान गरिरहेका छौं ।’

प्रहरी चौकी प्रसौनी भाठाका प्रमुख प्रहरी नायब निरीक्षक प्रेमराज मिश्रलगायतको टोलीले घटनास्थल पुगी मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरी निरिक्षक सिंहले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.536 sec. Memory consumption:81.45 mb