33.1 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

वीरगन्जको तरकारी बजारमा बिस्पोट, २ जनाल घाइते

bispot_kalikatimes

वीरगन्ज । वीरगन्ज महानगरपालिका–४ विर्ता बजारमा शुक्रबार साँझ विस्फोट भएको छ । विस्फोट हुँदा एक महिलासहित दुईजना घाइते भएका छन् ।

कागती बेच्ने खुद्रा व्यापारी भारतको रक्सौल घर भएका २४ वर्षीय मिठु कम्कड र वीरगन्जको आदर्शनगरकी ३७ वर्षीया सीता गिरी घाइते भएका हुन् । दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

सवा ७ बजेतिर विर्ता तरकारी बजारमा मान्छेहरुको भीडभाडका बीच विस्फोट भएको हो । स्थानियहरुले बम बिस्पोट भएको भने पनि प्रहरीले बिस्पोट भएको बस्तु बम नरहेको वताएको छ । स्थानियहरुको अनुसार पड्किएको स्थानमा सुतलीका टुक्रा र जलेको बारुदको गन्ध भेटिएको छ ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले भने प्रारम्भिक अनुसन्धानका क्रममा बम नभइ माल्टा बारुद भन्ने पटाका पड्कीएको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:6.988 sec. Memory consumption:82.44 mb