12 April 2025
KALIKATIMES.COM

३० महिलासहित १ सय ५१ जनाद्वारा रक्तदान

वीरगंज । वीरगंज युवा समाजको आयोजनामा शनिबार रक्तदान कार्ययक्रम सप्पन्न भएको  छ ।

रक्त सञ्चार केन्द्र वीरगंजमा भएको आकस्मिक रक्तदान कार्यक्रममा ३० जना महिलासहित १ सय ५१ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभराज पाण्डेयले बताए ।

समाजको छैटौं वार्षिकोत्सवको अवसरमा केन्द्रमा रगत अभाव भएकोले आकस्मिक रक्तदान कार्यक्रम गरिएको समाजका अध्यक्ष कमल चौगाईंले बताए ।

कार्यक्रममा निशान राई, धनराज तामाङ, नम्रता शाक्य, स्मृति अधिकारी, शिवानी तिवारी, दीपिका श्रेष्ठ, सागर साह, रवि सर्राफ, महेश पासवानलगायतले रक्तदान गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:5.785 sec. Memory consumption:82.41 mb