30.1 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

एबिसि टिभीका क्यामरा पर्सन यादवमाथी हातपात, दोषी उपर कर्वाहीको मांग

krishana yadav_kalikatimes

बिरगंज । एबिसी टेलिभिजनका क्याम्रा पर्सन कृष्ण यादवमाथी दुव्र्यवहार भएको छ । वीरगंज महानरपालिका वडा नं. १७ अलौं स्थित रहेको श्री द्वार देबी माध्यमिक बिधालयमा यादव माथी दुव्र्यवहार भएको हो ।

विद्यालय व्यवस्थापन समिति गठनको बिषयलाई लिएर विद्यालयमा भएको विवादको तस्बिर लिने क्रममा यादव माथी हातपात भएको वताइएको छ ।

बिरगंज महानगरपालिका वडा न.१७ अलौंका वडा अध्यक्ष सुकरानी देबिको श्रीमान बिरेन्द्र यादव, देवर बिजय यादब र छोरा सोनु यादबले व्यवस्थापन समिति गठनको लागि आयोजित सभाको तस्बिरहरु संकलन गर्ने क्रममा आफु माथी हातपात गरेको पिडित क्यामरा पर्सन यादवले वताए । त्यसै क्रममा आफ्नो मोबाइल समेत फुटेको उनले वताए ।

घटना थाह पाए लगतै पत्रकारहरुको एक समुहले जिल्ला प्रहरी कार्यालय पर्सामा पुगी संचारकर्मी माथी हातपात गर्ने दोषी उपर कर्वाहीको मांग समेत गरेका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:4.148 sec. Memory consumption:81.45 mb