31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

वीरगन्जमा छोराद्वारा आफ्नै आमाको हत्या

वीरगन्ज : वीरगन्ज महानगरपालिका-२४ रामगढवाको नयाँवस्तीमा छोराले आफ्नै आमाको हत्या गरेका छन्।  नयाँवस्तीमा ४० वर्षीया शोभा देवीको उनका छोरा २० वर्षीय गुड्‍डु यादवले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्।

आफूसँग सल्लाह नगरी भैंसी बेचेको निहुँमा गुडडुले आमा शोभा देवीको हत्या गरेको प्रहरीले जनाएको छ। भैंसी बेचेको विषयमा मङगलबार दिउँसो आमा छोराबीच विवाद भएपछि आक्रोशमा आएका गुड्‍डुले आमा शोभा देवीको घाँटी र अनुहारमा धारिलो फलामको हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

धारिलो हतियार प्रहार गर्न थालेपछि भाग्ने क्रममा आमा शोभादेवीलाई लखेटदै गुड्‍डुले सडकमा पुगेर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन्। गुडडुलाई प्रहरीले घटनालगत्तै पक्राउ गरेको छ। उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

मृतक शोभादेवीको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिए।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

तलब नपाएकाे भन्दै शिक्षकहरु पढाउन छाडेपछि विद्यार्थीहरु आन्दाेलित

कालिका टाईम्स

जसपा नेपाल विन्दवासिनीका अध्यक्षले पनि छाडे पार्टी, जसपामा गरे प्रवेश

कालिका टाईम्स

खानेपानी मन्त्री यादवद्वारा एक सय दिनका उपलब्धिहरू सार्वजनिक

कालिका टाईम्स
SQL requests:217. Generation time:6.723 sec. Memory consumption:81.45 mb