20 March 2025
KALIKATIMES.COM

गुप्ताको अध्क्षयतामा ११ सदसयी जिल्ला समिती निर्माण

वीरगंज,७ असोज ।
एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनरको प्रथम अधिबेशन सम्पन्न भएको छ ।शनिबार वीरगंज स्थित रोयल पार्टी प्यालेसमा आयोजित अबिधेशनमा ११ सदस्य गठन गरिएको छ ।
एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साका अध्यक्ष बैजुलाल गुप्ताको सभापतित्वमा भएको प्रथम अधिवेशनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञानकेन्द्रका प्रमुख डा.रामधरिक्षण साहको प्रमुख अथित्यता रहेको थियो ।
त्यसै गरी बिशिष्ठ अथितिमा पशु करेन्टाइन कार्यलायका प्रमुख हरेराम यादव, एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर पर्साका सदस्य गुलाब मेहता,डा.दिनेश कुमार तिवारी,डा.मनिष मण्डल लगायत एक सय पचास सदस्यको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक नारायण गुरुङ्गको स्वागत मन्तब्य बाट शुरु भएको अधिबेशन कार्यक्रममालाई संबोधन गर्दै प्रमुख अथिति स्थापना कालदेखि नै बुलुन्द रूपमा उठाउदै आएको भ्रष्टचार जस्तो बिषयलाई अबको नेत्रुत्वले ब्यापक रूपमा अघी बढाउन सकोस भन्दै शुभकामना दिएका थिए । कार्यक्रम संचालन अजय साहले गर्नु भएको थियो ।
शनिबार भएको बन्द सत्रमा बैजुलाल गुप्ताको अध्क्षयतामा ११ सदसयी जिल्ला समिती निर्माण भएको छ । निर्वा्चित जिल्ला पदाधिकारीहरुमा उपाध्याक्ष लाखपति चौधरी,सचिव ललन साह,कोषाध्यक्ष जय सुन्दर पाल,सह सचिव कमलेश गुप्ता,सन्देश कुमार,नरेश महतो,राम प्रसाद चौरसीया,विजय साह,अरुण पटेल,विशाल पटेल,रविन चौधरी लगाएत रहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

ठाकुर रामकाे स्ववियू निर्वाचन पुन: गराउन १० विद्यार्थी संगठनकाे माग

कालिका टाईम्स

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेशनल मेडिकल कलेजमा निशुल्क चेकजाँच

कालिका टाईम्स

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

कालिका टाईम्स
SQL requests:212. Generation time:3.768 sec. Memory consumption:82.38 mb