Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

पर्सामा पहिलाे दिन अंग्रेजी विषयकाे एसईई परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्सामा एसईई परिक्षाकाे पहिलाे दिन अंग्रेजी विषयकाे परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ । जिल्लाकाे २९ परिक्षा केन्द्रमा संचालित परिक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रमुख हरि राउत कुर्मीले वताए ।

एसईई परिक्षाकाे पहिलाे दिन बिहिबार अंग्रेजी विषयकाे परिक्षा ७० सामुदायिक तथा ७५ संस्थागत विद्यालयका ९ हजार ५ सय ३१ विद्यार्थी सहभागि भएकाे प्रमुख कुर्मीले जानकारी दिए । उनका अनुसार ११ हजार ४ सय १३ विद्यार्थीले एसईई परिक्षाकाे फारम भरेपनि ९ हजार ५ सय ३१ मात्र विद्यार्थी पहिलाे दिनकाे परिक्षामा सहभागि भएका छन् । वाकी एक हजार ८ सय ८२ परिक्षारेथीहरु अनुपस्थित भएका हुन् ।

यसैगरी ५ जना परिक्षार्थीहरु वीरगंज कारागारबाट र ५ जना परिक्षार्थीहरु बाल सुधार गृह वीरगंजबाट एसईई परिक्षा दिइरहेकाे प्रमुख कुर्मीले जानकारी दिए ।

परिक्षाकाे अनुगमन 

एसईई परिक्षाकाे पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालय लगायतकाे अनुगमन टाेलीले अनुगमन गरेकाे छ । परिक्षा समन्वय समितिका अध्यक्ष समेत रहेका सिडिओ अर्यालले नेतृत्वकाे अनुगमन टाेलीले वीरगंज महानरपालिका अन्तर्गतका सिदार्थ मावि, श्री नृसिंह मावि र नगवा मावि परिक्षा केन्द्रकाे अनुगमन गरेकाे हाे ।

नृसिंह मावि परिक्षा केन्द्रकाे अनगुमनकाे क्रममा भेटिएका सिडियाे अर्यालले पर्सामा एसईई परिक्षा मर्यादित र शान्तिपूर्ण रुपमा संचालन भएकाे वताए । उनले सुनिएकाे जस्ताे परिक्षा संचालन भएकाे नभेटिएकाे भन्दै मर्यादित र व्यवस्थित परिक्षा संचालनमा सहयाेग पुर्याउने केन्द्राध्यक्ष लगायतका परिक्षामा खटिएका कर्मचारीहरुलाई धन्यावाद दिए । सिडियाे अर्यालले १० वटा अनुगमन टाेली बनाएर परिक्षाकाे अनुगमन भइरहेकाे जानकारी दिए ।

सिडियाे अर्यालय नेतृत्वकाे अनुगमन टाेलीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक गाैतम मिश्र, सशस्त्र प्रहरी बल नं. ११ गण पर्साका प्रमुख राधेश्याम धिमाल, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव, जिल्ला प्रशासन कार्यालय पर्साका शाखा अधिकृत दिपक पटेल लगायतकाे उपस्थिती रहेकाे थियाे । 

यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की नेतृत्वकाे अनुगमन टाेलीले जिल्लाकाे ग्रामीभेगस्थित श्री मंगल मावि भिस्वा र श्री रामचरित्र मावि पकहाँ मैनपुर परिक्षा केन्द्रकाे अनुगमन गरेकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...

स्वास्थ्य बीमाको सीमित कोटाले नारायणी अस्पतालमा बिरामीको सास्ती

वीरगन्ज । स्वास्थ्य बीमामार्फत उपचारका लागि नारायणी अस्पताल आउने बिरामीले सीमित ओपीडी कोटा, जनशक्ति अभाव र कमजोर पूर्वाधारका कारण सास्ती व्यहोर्नुपरेको छ। दैनिक तोकिएको...