Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

ठाकुर रामकाे स्ववियू निर्वाचन पुन: गराउन १० विद्यार्थी संगठनकाे माग

spot_img
spot_img

वीरगंज । ठाकुर राम बहुमुखी क्याम्पसकाे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन पुन: गराउनु पर्ने १० विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

स्वतन्त्र युवा समुह (८ दलिय गठबन्धन) का श्याम प्रसाद गुप्ता, अखिल (क्रान्तिकारी) का अनिस कुमार पटेल, समाजवादी विद्यार्थी युनियनका हरिकिशाेर यादव, सुधिर पटेल समुहका कमलेश कुमार यादव, अनेरास्ववियूका पवन यादव, समाजवादी विद्यार्थी युनियन नेपालका माेहमल सगिर अली, जय नेपाल विद्यार्थी संघका राजु गुप्ता, नेपाल विद्यार्थी कल्याण समुहका धर्मेन्द्र साह कानु, राष्ट्रिय विद्यार्थी समुहका मेघराज प्रसाद यादव र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी  संगठनका दिपेश कुमार साहले बिहिबार सांझ संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै चैत ५ गते सम्पन्न निर्वाचन खारेज गरि पुन: १५ दिन भित्र अर्काे निर्वाच गराउनु पर्ने माग गरेका हुन् ।

यसका साथै संगठनहरुले मतगणनामा भएको फर्जि मतको छानविन गरी दोषी माथि कार्यवाहीको समेत मांग गरेका छन् । उक्त दोषीमा विधार्थी नेता भेटिएको खण्डमा ति नेतालाई चुनावमा भाग लिन नपाउने व्यवस्था गर्नु पर्ने १० संगठनका उम्मेदवारहरुकाे माग छ ।

कर्मचारीले मतदातालाई आफ्‌नो टोलीलाई मतहाल्न दवाव दिएकोले उक्त कर्मचारीहरु माथि कारवाहीकाे माग गर्दै दोषीमा क्याम्पस प्रमुख, निर्वाचन अधिकृत, क्याम्पसको कर्मचारी भेटिएको खण्डमा कानुन वमोजिम कारवाही हुनु पर्ने १० संगठनले संयुक्त रुपमा जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचनकाे दिन ८ बजेको मतदान सुरु गर्नुपर्ने तर ११ बजे सम्म सुरु नभएको कारणले थुप्रै विधार्थी कार्यरत कर्मचारीहरु मतदान गर्न नपाएकाे, फर्जि मत खसेको र मतगणना गर्ने क्रममा फर्जि मतपत्र भेटेको, चुनावको दिन निर्वाचन अधिकृतको दिन भरी मोवाइल अफ रहेकोले धेरै विधार्थी नेताहरु गुनासो गर्न नसकेकाे, आवेदन फर्म राखेर मतदान गराउने निर्वाचन टोली सँग सर्वसहमती भएको थियो तर निर्वाचनको दिन कुनै पनि आवेदन फर्म नभेटेको १० विद्यार्थी संगठनले जनाएका छन् ।

यसैगरी मतपेटिकाको शिल टुटेको र शिलमा भएको नम्बर नमिलेकोले थुप्रै प्रश्नहरु उठेको, पत्रकारलाई निर्वाचनको दिन निर्वाचन हुने स्थलमा वस्न नदिएको र मतगणना हुने स्थलमा पत्रकारलाई वस्न नदिएकोले क्याम्पस प्रमुख र निर्वाचन अधिकृत माथि प्रश्न उठेको, मतगणना स्थलमा प्रतिनिधिहरुले मोवाईल प्रयोग नगर्न पाएको हुनाले, भित्रि कृयाकलापहरु र त्रुटिहरु पार्टीका प्रतिनिधिहरुलाई जानकारी प्राप्त नभएकाे, फर्जि परिचय पत्रले मतदान खस्दा उचित मुल्यांकन नभएको १० संगठनद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसका साथै मतदाता नमावलीमा थुप्रै विधार्थीहरुको नाम छुटेकोले मतदान गर्न नपाएकाे, मत पेटिका रहेको कोठामा विभिन्न संगठनद्वारा ताल्चा हाल्न नदिइएको र बल प्रयोग गरी प्रतिनिधिहरुलाई मतदान परिसरवाट वाहिर निकालियोकाे निर्वाचन सम्पन्न भए पश्चात अविलम्व मतगणना हुनुपर्नेमा २४ घण्टा पछि मतगणना शुरु भएकोले मतपेटिका बदलिने आशंका सृजना भएकोले पुन: निर्वाचन गराउनु पर्ने संगठनहरुकाे माग रहेकाे छ ।

संयुक्त रुपमा विज्ञप्ती जारी गरि पुन: निर्वाचन गराउनु पर्ने माग गर्ने संगठनहरुमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, जसपा, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) का लगायतका दल निकटका संगठहरु रहेका छन् ।

मतगणना स्थगित, टायर बालेर विराेध प्रदर्शन

चैत ५ गते सम्पन्न निर्वाचनको मतगणनामा भएकाे विवादका कारण मतगणना स्थगित भएको छ । मतपेटिकामा लगाइएको सिल नम्बर नमिलेपछि उम्मेदवार र विद्यार्थी सङ्गठनहरूले विरोध गरेका कारण जारी मतगणना स्थगित भएकाे हाे ।

विवाद चर्किँदै गएपछि बिहीबार क्याम्पसको मूल गेट अगाडि स्ववियु निर्वाचनका उम्मेदवार, विभिन्न विद्यार्थी सङ्गठन र समर्थकहरूले टायर बालेर प्रदर्शन गरेका हुन् । क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र प्रहरीविरुद्ध नाराबाजी गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

मतदान स्थलमा सात नम्बर मतपेटिकाको सिल नम्बर परिवर्तन भएको भेटिएपछि मतगणना स्थलमा रहेका उम्मेदवार प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । उम्मेदवारका प्रतिनिधिहरुले मतपेटिकाको सिल नम्बर र क्याम्पस प्रशासनसँग रहेको मुचुल्काको सिल नम्बर मेल नखाएको बताए । “हामीले विरोध गर्दा प्रशासनले सानोतिनो विषय भनेर पन्छिन खोज्यो,” उनीहरुकाे भनाई छ ।

मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणामअनुसार नेपाल विद्यार्थी समूहका अध्यक्ष पदका उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्रस्थानमा थिए । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विकास मण्डल धानुक २६१ मतसहित दोस्रो, समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पवन यादव १५० मतसहित पाँचौँ स्थानमा थिए । कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...