Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

विवादका कारण ठाकुर रामकाे मतगणना स्थगित, क्याम्पस प्रशासनले धाधली गरेकाे भन्दै विराेध प्रदर्शन

spot_img
spot_img

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना विवादका कारण स्थगित भएको छ । मतपेटिकामा लगाइएको सिल नम्बर नमिलेपछि उम्मेदवार र विद्यार्थी सङ्गठनहरूले विरोध गरेका कारण जारी मतगणना स्थगित भएकाे हाे ।

विवाद चर्किँदै गएपछि बिहीबार क्याम्पसको मूल गेट अगाडि स्ववियु उम्मेदवार, विभिन्न विद्यार्थी सङ्गठन र समर्थकहरूले टायर बालेर प्रदर्शन गरेका छन् । क्याम्पस प्रमुख, निर्वाचन अधिकृत र प्रहरीविरुद्ध नाराबाजी गर्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।

मतदान स्थलमा सात नम्बर मतपेटिकाको सिल नम्बर परिवर्तन भएको भेटिएपछि मतगणना स्थलमा रहेका उम्मेदवार प्रतिनिधिहरूले आपत्ति जनाएका थिए । उम्मेदवारका प्रतिनिधिहरुले मतपेटिकाको सिल नम्बर र क्याम्पस प्रशासनसँग रहेको मुचुल्काको सिल नम्बर मेल नखाएको बताए । “हामीले विरोध गर्दा प्रशासनले सानोतिनो विषय भनेर पन्छिन खोज्यो,” उनीहरुकाे भनाई छ ।

विवादका बिच प्रहरीले मतगणना स्थल र क्याम्पस प्राङ्गणमा सञ्चारकर्मीहरूलाई प्रवेश गर्न रोक लगाएको छ । मतगणनाको रिपोर्टिङ गरिरहेका युथ्स अफ वीरगञ्जका पत्रकार सौरभ साहले प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालले आफूसहित अन्य सञ्चारकर्मीहरूलाई जबरजस्ती बाहिर निकालेको बताए । “विवाद हुनसक्ने बहाना बनाउँदै डिएसपी लम्सालले हामीलाई बाहिर निकाले,” वताए ।

मतगणना स्थगित हुनुअघिको पछिल्लो परिणामअनुसार नेपाल विद्यार्थी समूहका अध्यक्ष पदका उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्रस्थानमा थिए । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विकास मण्डल धानुक २६१ मतसहित दोस्रो, समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पवन यादव १५० मतसहित पाँचौँ स्थानमा थिए । कुल १०,७२९ मतदातामध्ये ४,२९९ जनाले मतदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धोबीनी गाउँपालिकाको ३१ करोडको बजेट सर्वसम्मत पारित

वीरगंज । पर्साको धोबीनी गाउँपालिकाको १३औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३१ करोड ७ लाख ९७ हजार...

आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन, अध्यक्षमा आरिफ शाह

काठमाडौं । आम मुस्लिम मोर्चाले काठमाडौं उपत्यका विशेष कमिटी गठन गरेको छ । मोहम्मद आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको हो । काठमाडौंको...

पर्सामा विभिन्न कार्यक्रम गरी विश्व हुलाक दिवस मनाइयो

वीरगंज । जिल्ला हुलाक कार्यालय पर्साले १५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘One Postal Network, Infinite Possibilities’ भन्ने नाराका...