12 April 2025
KALIKATIMES.COM

धोबिनी गाउँपालिकाद्वारा छात्राहरुलाई साईकल वितरण

cycle bitran_kalikatimes

वीरगन्ज, २४ वैशाख ।
पर्साको धोबिनी गाउँपालिकाले मंगलबार एक कार्यक्रमको बिच छात्राहरुलाई साईकल वितरण गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय लंगडीमा भएको कार्यक्रममा गाउँपालिका अन्तर्गतका यस बर्ष एसईईका परिक्षा दिएका ३२ जना छात्राहरुलाई निशुल्क साईकल वितरण गरिएको हो ।

श्री कालि प्रसाद लेखा मा.वि. लंगडी र श्री ने.रा.मा.वि. भिखमपुरबाट यस बर्ष एसईईका परिक्षा दिएका ८४ जनालाई साईकल वितरण गर्ने कार्यक्रम भए पनि मंगलबार ३२ जना छात्राहरुलाई मात्र साईकल वितरण गरिएको र पछि अरुलाई वितरण गरिने वताइएको छ ।

गाउँपालिका अध्यक्ष सुरेश प्रसाद कुर्मी, उपाध्यक्ष पारसनाथ कुर्मी, प्रमुख प्रशासकिय अधिकृत सुरेश साह, वडा नं. ४ का अध्यक्ष मजिद मियाँ, ५ का अध्यक्ष मनोहर अहमद लगायतको हातबाट छात्राहरुलाई साईकल वितरण गरिएको आदित्य पटेलले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:8.582 sec. Memory consumption:82.46 mb