22.1 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

किशोरी तथा महिलालाई लक्षीत गरी संचालित एक महिने व्युटिसियन तालिम सम्पन्न

वीरगंज, १० बैशाख ।
पर्सा जिल्लाको पटेर्वा सुगैली गाउँपालिकामा किशोरी तथा महिलालाई लक्षीत गरी संचालित एक महिलने व्युटिसियन तालिम सम्पन्न भएको छ । पटेर्वा सुगौली गाउँपालिकाको सहयोगमा ब्रिलिएन्ट युवा क्लबको आयोजनामा गरिएको व्युटिसियन तालिम सम्पन्न भएको हो ।

पटेर्वा सुगौली गाउँपालिको वडा नं. ४, सुगौली स्थित रहेको श्री ने.रा.मा.वि. मा संचालित व्युटिसियन तालिमको समापन समारोहमा वोल्दै सहभागिहरुले हालको अवस्थामा दैनिक जिवनमा नभई नहुने सिप व्युटिसियनको भएको वताए । तालिमबाट एक महिनाको दौरान सिखेको सिपले दैनिक जिवनको साथै आयआर्जन गर्न पनि टेवा पुग्ने तालिमकी सहभागि रामशिला चौधरीले वताइन ।

महिलाको लागि जिवनको महत्वपूर्ण थोक सौन्दर्य रहकोले तालिमले हाम्रो जिवनलाई सजिलो वनाएको वताइन । अर्का सहभागि पार्वती देवीले तालिमले आफुहरुको हौसला बढाएको वताइन । तालिमको समापन समारोहमा वोल्दै पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतोले महिले आफु भित्र भएको सिप, कला प्रस्तुत गर्नु पर्ने वताइन । महिलाहरुमा भएको सिप प्रस्तुत नगरेका कारण महिला पछाडी परेको उनको भनाई थियो ।

त्यसकै लागि गाउँपालिकाले महिला बिशेष कार्यक्रम अन्तर्गत सिप मुलक तालिम संचालन गरेको वताइन । महिलाहरुलाई साना तथा घरेलु उधोग मार्फत आयआर्जनमा अग्रसन गर्न तालिम संचालन गरिएको वताइन । प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले जब सम्म महिलाहरु आफ्नो खुट्टामा उभ दैनन जब सम्म महिलाहरुको विकास नहुने वताए । सिखेको सिपले व्यवसाय गरी आत्म निर्भर बन्नु पर्ने उनको सुझाव थियो ।

ब्रिलिएन्ट युवा क्लबका अध्यक्ष छठु साहले तालिमबाट सिखेको सिप व्यवहारमा लागु गरे महिलाहरुको आर्थिक, समाजिक, सांस्कृतिक र राजनितिक विकास हुने वताए । सिपलाई व्यवसायको रुपमा परिणत गरी महिलाहरु आत्म निर्भर बन्नु पर्ने उनको सुभाव थियो । गाउँपालिका अन्तर्गतका सबै वडाका २६ जनाको सहभागिता रहेको व्युटिसियन तालिममा विना दहाल र निलम कुमारीले प्रशिक्षण दिएका थिए ।

तलिमको समापन्न समारोहमा गाउँपालिकाका उर्जा तथा वातावरण अधिकृत निर्मल कुमार सिंह, तालिम स्थल श्री ने.रा.मा.वि. सुगौलीका प्रअ मोहन चौधरी लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन ब्रिलिएन्ट युवा क्लबका शम्भु कुमार सुमनले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:217. Generation time:3.623 sec. Memory consumption:81.43 mb