24.8 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

पुर्व मन्त्री बस्नेतको पहलमा हुरीबाट ज्यान गुमाएकालाई आर्थिक सहयोग

बिरगंज २ बैशाख ।
सिन्धुपाल्चोक जिल्लाको बिकट मानिने सुनकोसी गाउँपालिकाले भीषण हावाहुरिबाट ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको छ । बारा-पर्सामा हावाहुरीबाट ज्यान गुमाएकाको परिवारलाई राहत स्वरुप नगद रु २१ हजार पाच सयका दरले सहयोग रकम वितरण थालिएको तरुण दल पर्साका सचिव विवेक चौरसियाले वताए ।

सुरुमा सोमबार पर्साको बिरगंज महानगर पालिका वडा न. १८ सुखचैनाका हावाहुरीबाट ज्यान गुमाएका सरोज रामका परिवारलाई सोमबार एक कार्यक्रमका बीच सो नगद रकम हस्तान्तरण गरिएको हो । पुर्ब सूचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको बिशेष पहलमा सहयोग गरिएको सचीव चौरसियाले वताए ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा पुर्ब मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य फर्मुलाह मन्सुर, नेपाली कांग्रेस पर्साका सभापति अजय दिवेदी, बाराका पार्टी सभापति जय चन्द चौरसिया, सुनकोशी गाउँपालिका अध्यक्ष श्रवण कुमार जिसि, नेपाली कांग्रेस बाकेका जिल्ला सदस्य चुडामणिा कडेल, बिरगंज महानगर वडा न १८ का वडा अध्यक्ष ब्रहम्देव प्रसाद यादव, वडा न २१ का बुथ सभापति अनिल श्रीवास्तव, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह , तरुण दल पर्साका सचिव बिबेक चौरसिया,क्षेत्रीय अध्यक्ष अनिल यादव, वडा अध्यक्ष रामकुमार थापा लगायतको उपस्थिति रहेको थियो ।

मंगलबार बारा जिल्लामा बिहान ८ बजे हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिने कार्यक्रम रहेको नेपाल तरुण दल पर्साका सचिव चौरसियाले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:3.500 sec. Memory consumption:82.5 mb