30.4 C
Birgunj
10 April 2025
KALIKATIMES.COM

हेल्पिङ युथले उपलब्ध गरायो बालबालिकालाई कपडा

वीरगंज : हावाहुरीबाट प्रभावित परिवारका बालबालिकालाई हेल्पिङ युथ क्लब अफ वीरगंजले कपडा उपलब्ध गराएको छ ।
बाराको फेटा गाउँपालिका वडा नम्वर १ र कलैया उपमहानगरपालिका वडा नम्वर ७ का १५० परिवारका बालबालिकाका लागि क्लबले कपडा उपलब्ध गराएको हो ।

जितपुर सिमरा उप महानगरपालिका वडा नं.२३ का वडा अध्यक्ष असलम देवान र हाेमराज सेढाईले राहत सामाग्री प्रदान गर्नुभएको थियो । बारा र पर्सामा आएको भीषण हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी घाइते भएका थिए । हावाहुरीले झण्डै एक हजार घर पूर्ण रुपमा ध्वस्त गराउनुका साथै १३ सयभन्दा बढी घरमा आंशिक क्षति पुगेको गृहमन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

विचल्लीमा परेका परिवारका साना बालबालिकाको अर्को कपडा नहुँदा उनीहरु समस्यामा थिए । क्लबले बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै कपडा सहयोग गरेको क्लबका अध्यक्ष आविद हुसेनले जानकारी दिनुभयो । स्थानीय प्रशासनको सहकार्यमा पीडितको घरघरमै पुगेर कपडा वितरण गरेको उहाँले बताउनुभयो ।

राहत वितरणमा सचिव इरफान अन्सारी, जाविर हुसेन, समिर हवारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:218. Generation time:9.803 sec. Memory consumption:82.76 mb