29.7 C
Birgunj
11 April 2025
KALIKATIMES.COM

चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले पठाए हावाहुरी पीडितलाई राहत

chin bata rahat_kalikatimes

वीरगंज : चीनमा अध्ययनरत नेपाली विद्यार्थीहरुले वीरगंज -१८ सखचैनाका हावाहुरी पीडितलाई भाँडाकुँडा सहयोग गरेका छन्। माट्रिका आई फाउन्डेशन वीरगंज र आमाबुवा ट्रस्ट काठमाडौँको सहजीकरणमा उपलब्ध राहत सामग्री सोमबार वितरण गरिएको छ।

फाउन्डेशनका मेडिकल संयोजक महेशसिंह धामीका अनुसार जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको सूचीको आधारमा ४३ पीडित परिवारहरुलाई राहत वितरण गरिएको हो। राहत सामग्रीमा कराही, प्रेशर कुकरलगायत छन्।

चीनमा चिकित्सा शास्त्र अध्ययरत डा. सतिश कोइरी, डा. नविन तिरुवा, डा. निलम साह, डा. सुजितकुमार साह, डा. बलिराम यादव, डा. विजय यादव, डा. सारोज पन्त, डा. मनित थापामगर, डा. विवेक अधिकारी लगायतले नगद संकलन गरी पठाएको दिलिप राज कार्की वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:219. Generation time:5.868 sec. Memory consumption:82.87 mb