11 April 2025
KALIKATIMES.COM

महिला समुहद्वारा हावाहुरीबाट प्रभावित ५७० परिवारलाई डिग्निटि किट

वीरगंज : आईतबार बेलुकी बारा र पर्सा जिल्लामा आएको भिषण हावाहुरीबाट प्रभावित भएका परिवारजनलाई (Women For Women) समूह वीरगंजले विभिन्न समाग्रिहरुले भरिपुर्ण (Dignity kit) झोला वितरण गरेको छ ।

प्रभावित परिवार मध्ये खासगरी महिला तथा बालबालिकाहरुलाई लक्षित गरि (Dignity kit) समुह मार्फत बाराको भरवलिया, पुरैनिया, पर्साको सुखचैनाका प्रभावित परिवारहरु गरि ५७० घरपरिवारलाई लक्षित गरि उक्त झोला वितरण गरिएको हो ।

बारा र पर्सागरी करिब २२ सय घरपरिवार प्रभावित भएकोमा खाद्यान्न तथा विभिन्न समाग्रिहरु विभिन्न दातृ निकायबाट सहयोग भईरहेपनी महिलाहरुका लागी मात्रै चाहिने अतिआवश्यक शारिरिक सरसफाईका समाग्रिहरु अभाव देखेकाले वीरगंजका विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको समुहले महिलाहरुले प्रयोग गर्ने उक्त समाग्रिहरु बारे जनचेतना जगाऊँदै वितरण गरेको थियो ।

हावाहुरी पिडित परिवारलाई एक परिवारमा ३ महिलाको विवरण बनाई स्याम्पू ४८ पाउच, नुहाउने साबुन ३ पिस, लुगाधुने साबुन ३ पिस, सेनेटरी प्याड ३, अण्डर गार्मेन्ट ६ पिस, टावेल २, झुल २, तेल १ बोतल, टुथ ब्रस ५ पिस, टुथ पेष्ट २ पिस, कपाल बाध्ने रबर १ प्याकेट, कपडाको झोला १ पिस, नेल कटर र काईयो १ पिस लगायतका समाग्रि रहेको छ । उक्त (Dignity kit) लगायतको समाग्री वितरण गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:218. Generation time:3.548 sec. Memory consumption:82.74 mb