31.7 C
Birgunj
23 October 2024
KALIKATIMES.COM

नेपाली चलचित्र ‘ब्वाइफ्रेन्ड’ फागुन १० देखि प्रदर्शनमा

काठमाडौं । बुढाथोकी फिल्मस प्रोडक्सन प्रालिको ब्यानरमा बनेको चलचित्र ‘ब्वाइफ्रेन्ड’ फागुन १० देखि प्रदर्शनमा आउने भएको छ । चलचित्रको हालै पोस्टर, गीत र प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।

चलचित्र निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गरी फागुन १० गतेबाट ‘ब्वाइफ्रेन्ड’ देशभर एक साथ प्रदर्शनमा आउने जानकारी दिएको हो । सामाजिक विषयमा चलचित्र बनेको प्रस्तुतकर्ता सूर्य बुढाथोकीले बताए ।

कृष्ण खनाल निर्माता रहेको चलचित्रमा अभिनेता सरोज खनाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी. लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मदन घिमिरे, सहनिर्देशक जीवन गौतमले गरेका छन् । शंकर महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत रहेको यस चलचित्रमा पुनम राईको नृत्य निर्देश्न रहेको छ । त्यस्तै चलचित्रमा निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

“इनकार नाम गहवा माई” बोलको भोजपुरी गीत सार्वजनिक

कालिका टाईम्स

ऐश्वर्याको कारण मेरो र सलमानको ब्रेकअप भयो : सोमी अली

कालिका टाईम्स

वडाध्यक्ष परागले गरे हिन्दी गीत सार्वजनिक

कालिका टाईम्स
SQL requests:218. Generation time:5.324 sec. Memory consumption:81.66 mb