30.7 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

नहरको माथीबाट पानी झर्दा झर्दै बाटो बिग्रे पछि आवागमन अवरुद्ध

पर्सा, ४ कात्तिक ।
पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी स्थित रहेको नहरमा ओभरलोड पानीले गर्दा बाटो बन्द भएको छ । नारायणी सिचाई डिभिजन नम्बर ५ अन्तर्गत पर्ने ब्लाक नम्बर २ को बिएससी ४ र ५ मा अधिक पानी बहाव पछि नहरको माथीबाट पानी झर्दा झर्दै बाटो बिग्रे पछि आवागमन अवरुद्ध भएको छ ।

धान फल्ने समयमा र अधिकत्म धान फलिसकेका कारण पानीको आवश्क्ता नगन्य मात्रामा रहेकोले पानी छोडदा कम मात्रामा छोडनु पर्ने कालिकामाई गाउपालिका वडानम्बर २ गदियानीका उपेन्द्र तिवारीले बताएका छन । अब अधिकांशत किसानहरुले दलहन र तेलहन बाली पनि खेतमा छरिसकेकाले पानीको मात्रा कि त क कम गर्नु पर्ने नत्र बन्द नै गर्नु पर्ने किसानहरु बताएका छन ।

पानी खेतमा धेरै मात्रामा रहेकोले दलहन र तेलहन बाली लगाउन पनि ढिलाई भईरहेको किसानहरुको तर्क छ । अधिक पानीका कारण कृषकहरु पानीलाई खेतमा नराखी नदि र खोलामा झार्ने काम गरेकोले बेकारमा पानी नोक्सान भईरहेकोले नहरमा पानी अब नछोडदा नै बेस हुने कृषकहरु बताएका छन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

कालिका टाईम्स

वीरगंजमा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता हुने

कालिका टाईम्स

माओवादी केन्द्र पाेखरियाले २१ बुंदे माग राख्दै नगरपालिकालाई बुझायाे ज्ञापन

कालिका टाईम्स
SQL requests:215. Generation time:4.538 sec. Memory consumption:81.41 mb