Date
शनि, मंसिर ५, २०८३
Sat, November 21, 2026
Home Blog Page 943

पर्सागढी र पटेर्वावा सुगाैलीमा एक सय २२ जनाकाे स्वाब संकलन

0

वीरगंज । पर्सागढि नगरपालीकामा काेराेना परिक्षणकाे लागि एक सय जनाको स्वाब संकलन गरीएको छ ।

काेराेना संक्रमित नगरपालिकाको वडा  नं. ९ का वडाध्यक्ष र वडा नं. ४ को सचिवकाे कन्टेक्ट ट्रेसिङकाे आधारमा साेमबार एक सय जनाकाे स्वाब संकलन गरि परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ ।

पहिलाे चरणमा नगरपालीकाको तीन ठाउँको क्वारेन्टाईन बाहेक वडाध्यक्ष र सचिवको सम्पर्कमा आएकाहरुकाे मात्र स्वाब संकलन गर्नु पर्नेमा त्यस वाहेकाे पनि स्वाब संकलन गरिएकाे वताइएकाे छ ।

नगरपालिका स्वास्थ्य संयाेजक योगेन्द्र पंजियारकाे दबावमा अन्यकाे पनि स्वाब संकलन गरीएको नगरपालिका स्राेतले जनाएकाे छ । संक्रमितकाे सम्पर्कमा आएकाहरुकाे, गरीब, बाहीर गएर गाडि चलाउने ड्राईबरहरूको स्वाब संकलन नगरी आ आफ्नो आफन्तको नजिकका व्यक्तिहरुकाे स्वाब संकलन गराइएकाे गुनासाे स्थानियले गरेका छन् ।

यस्तै पर्साको पटेर्वासुगौली गाउँपालिकामा साेमबार १४ जनाको स्वाव संकलन गरिएकाे छ । पटेर्वा सुगौली गाउँपालिका गादी स्वास्थ चौकीका ल्याब ईन्चार्ज ईन्द्रजीत गौरो र निचुटा स्वास्थ चौकीका ल्याब ईन्चार्ज मनोज प्रसाद्ले सबैको स्वावा संकलन गरेर पिसिआर परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएका छन् ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालय फरफवा आइसोलेसनमा रहेका २ जना कोरोना पोजेटिभ र बाँकी अन्यको समपर्कमा आएका १२ जनाको स्वाव संकलन गरिएकाे जनाइएकाे छ ।

संक्रमणकालमा वीरगंजको घटनाक्रम र बिचार

0
-अशाेक कुशवाहा /
एक साता भित्र भएको ६ जनाको मृत्यु घटनाक्रमको दोषी निजी स्वास्थ्य संस्था मात्र होइन संबन्धित निकाय पनि उतिकै दोषी देखीन्छन । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोनाको बहानामा बिरामी उपचार नगर्ने निजी स्वास्थ्य संस्थाहरुलाई कानूनी कारवाही सम्बन्धी सूचना निकाले पनि ती संस्थाहरु सूचनाको वास्ता नगरेको देखीन्छन । जिल्ला प्रशासन कार्यालयले यस्ता निजी स्वास्थ्य संस्थाहरुलाई करवाहीको दायरामा ल्याउन नसक्नुले स्थानीय जनतामा आक्रोश उत्पन्न गरेको देखिन्छ । स्वास्थ्य सम्बन्धी संस्थाहरुको गैरजिम्मेवारी पूर्ण कार्यले भएको मृत्यु, मृत्यु नभइ हत्या भएको आरोप स्वास्थ्य संस्थामाथि मृतकका आफ़न्तहरु लगाउछन र उचित छानबिन गरी दोषीमाथि करवाहीको मांग पनि मृतकका परिवारहरुले गरेको देखिन्छ । तर हालसम्म निजी स्वास्थ्य सम्बन्धी संस्था प्रति जिल्ला प्रशासन कार्यलयको मौनताले जि.प्र.का.को कमी कमजोरी उजागर गर्दछ । यदि प्रशासनले एउटा पनि निजी स्वास्थ्य स्वास्थ्य संस्थालाई करवाही गरेको भए धेरैजनाको ज्यान जोगिने थियो मृतकका आफ़न्त सुनाउछन ।
 
त्यस्तै पर्सा प्रहरी उपरीक्षक गंगा पन्त वीरगंजवासीलाई दोषारोपण गर्दै वीरगंजका जनताले सतर्कता नअपनाएर यस्तो भयावह स्थिति हुन पुगेको भन्नु हुन्छ तर के प्रहरी निकायले आफ्नो भूमिका र जिम्मेवारी ईमानदारी पूर्वक निर्वाह गर्यो त ? वीरगंज पावरहाउस चौक देखि रजतजयन्ती चौक सम्म मेनरोड मात्र प्रवेशनिषेध गर्दैमा समस्याको समाधान हुने हो र ? साधारण जनताको लागि भारत-नेपाल सिमाना बन्द गरिए पनि तस्कर तथा तस्करीको लागि सिमाना रातदिन खुल्ला हुनु, सीमा पारीबाट पैसा लिएर मानिसहरुलाई नेपाल छिर्नदिनुमा, के प्रहरीको दोष देखिदैन ? वीरगंजमा सामुदायिक स्तरमा कोरोना फैलाउनमा स्थानीय जनता भन्दा पनि प्रहरी निकायको दोष बढ़ी देखिन्छ । एक अर्कामाथि दोषारोपणको कार्य बन्द हुनु र स्थानीय जनता समेत हरेक निकायको परस्पर समन्वय आवश्यक छ । कोरोना संक्रमण नेपाल छिर्नु भन्दा पहिले पूर्वयोजनाको कमी, बिज्ञ चिकित्सकको कमी, संभावित संक्रमितको लागि पूर्व एकांतवासको व्यसथाको कमी, राहत व्यवस्थापन सम्बन्धी पूर्व योजना तथा अनुमान नहुनु तथा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्य सम्बन्धी संस्था बीच परस्पर समन्वयको कमीले गर्दा वीरगंजको अवस्था आज covid-19 को केन्द्र बन्न पुगेको छ ।
 
बढ्दो संक्रमणको चपेटामा परी वीरगंज महानगरका प्रमुख ज़िम्मेवार राजनीतिक एवं सामाजिक ब्यक्तित्वहरु आइसोलेट भए पश्चात वीरगंज अहिले टुहूरों बन्न पुगेको छ । अहिले वीरगंजको पूर्ण जिम्मेवारी यहाका युवावर्ग माथि आईपरेको देखिन्छ । सरकार र सरोकारवाला ब्यक्ति एवं संस्था जब आफ्नो जिम्मेवारी बाट भाग्छ त्यतिबेला सामाज आफ्नो अस्तित्व माथिको खतरा संग लड़दै इतिहास रचेकों थुप्रै उदाहरण भेटीन्छन । मधेस आन्दोलन होस या देश निर्माण कार्यमा वीरगंजको युवा सामाज आफ्नो जिम्मेवारी र बलिदानी देखि कहिले पछि हटेको इतिहास देखिदैन ।
 
वीरगंजमा बिगत एक हप्ता भित्र भएको ६ घटनाक्रमले वीरगंजमा रहेका निजी अस्पताल तथा डाक्टरी पेशा प्रति स्थानीय जनताको सोच नै नकारात्मक भएको देखिन्छ । कोरोनाको कहर बढ़दै जादा सामुदायिक स्तरमा संक्रमित संख्या र मृतक संख्या बढ़दै गएको दुखदायी र त्रासमय अवस्था छ । कोभिड़-१९ भन्दा पनि अन्यरोग वा सामान्य बिरामी पनि समयमा उपचार नपाएर मृत्यु हुनेको संख्या बढ़ी देखिन्छ । निजी अस्पतालहरु सामान्य रूखा खोकी या अन्य कुनै कारण पनि अस्पतालमा भर्ना लिन नमन्नूले मानवसेवाको लागि सामर्पित अस्पताल आफ्नो जिम्मेवारी बाट पछि हटेको आभास हुन्छ । जसरी न्यायको लागि अन्तिम विश्वसिलों न्यायालय मानीन्छ ठीक त्यस्तै बिरामिकों लागि बाच्नलाई स्वास्थ्य संस्था र डाक्टर भनेका अन्तिम विश्वसिलों संस्था वा पात्र मनीन्छ । स्वास्थ्य र शिक्षा भनेको जनताको आधारभूत मौलिक अधिकार हो । निजी स्वास्थ्य संस्थाहरुले गरेको अमानवीय कार्य र मौलिक अधिकारको हननलाई हेर्दा सरकारले यस्ता स्वास्थ्य संस्थाहरुलाई आफ्नो मातहतमा राखी आधुनिकीकरण गरी संचालन गर्ने आवश्यकता विरगंजको सन्दर्भमा अपरिहार्य देखीन्छ । नारायणी अस्पताल तथा नारायणी अस्पतालको मातहतमा रहेको कोभिड़-१९ अस्पतालहरुको लापरवाहीमा मेडिकल सुपरिटेन्डेंटको कमीकमजोरी देखिन्छ भने बिना उचित PPE आफ्नो ज्यान जोखिममा राखेर दिनरात कोभड-१९ संक्रमितको स्वास्थ्यसेवामा लागेका डाक्टरहरुको सरहनीय कार्य नकार्न पनि मिलदैन । वीरगंजका संचारमाध्यमहरुले वीरगंज संक्रामणको सन्दर्भमा सराहनीय योगदान देखिन्छ तर वीरगंज भनेको गण्डक देखि भन्सार सम्म मात्र होइन बुझ्न जरूरी छ र संचारको दायरा फरकीलों पार्न जरूरी देखिन्छ ।
 
एक साता भित्रका घटनाक्रमहरु :
घटना १ : श्रावण २० गतेका दिन पीसीआर रिपोर्ट पाेज़िटिभ देखना साथ सोही दिन राति ९:०० बजे एम्बुलेंस मार्फत वीरगंज हेल्थ केयर (कोभिड़-१९ अस्पताल) पुगेका वीरगंज महानगरपालिका वाड नम्बर १५ का प्रमोद कुशवाहाको बिहान ५:३० बजे संकास्पद मृत्यु हुन्छ । श्रावण २१ गते बिहान ५:२८ बजे कुशवाहाको कान्छो छोराले बाबूलाई फोन गर्छन । बाबूले छोरालाई अस्पतालको व्यवस्था सम्बन्धी गुनासो सुनाउदै भन्छन, ‘ अस्पताल भन्दा घर नै ठीक थियो’ । त्यसपछि बिरामीलाई सम्पर्क गर्दा फोन उठदैन उनका दाजू सुनाउछ्न । एक्कासी अस्पतालबाट बिहान ८:१५ बजे दाजू रामदरशलाई फोन आउछ र तपाई प्रमोद कुशवाहाको आफ़न्त बोल्नु भएको हो । यताबाट उतरमा हो, सुनेपछि महिला कर्मचारीले भन्छिन, ‘ सर हामी धेरै प्रयास गर्यौ ICU भेंटिलेटर सम्म तर हामी हजूरको भाईलाई बचाउन सकेनौ । उहाको बिहान ५:३० बजे दुखद निधन भयो ।
 
अस्पतालको डाक्टरहरुको लापरवाही कै कारण भाईको अकालमय ज्यान गयो मृतकका दाजू रामदरश र भाई उदयनारायण सुनाउछन । हामी न्यायको लागि संबन्धित निकाय देखि लिएर प्रशासन एवम सुरक्षा निकाय सम्म गुहारे तर कतैबाट संतोषजनक जवाफ आएन । मृतकको परिवार पीड़ामा भए पनि अस्पतालको लापरवाहीले अरुको ज्यान नजाओस भन्दै उनको उपचार कसरी भएको आफ्नो संतुष्टिको लागि उपचार कक्षमा जड़ित CCTV कमेराको फुटेज देखाउन अस्पताल प्रशासनसमेत जिल्ला प्रशासन, सुरक्षानिकाय र संबन्धित निकायसंग अनुरोध गरेपनि अहिले सम्म संतोष जनक जवाफ कतैबाट नआएको दुख मृतकका परिवार सुनाउछन । मृत्यु प्रमाण पत्रमा मृत्युको समय ६:३० बजे लेखिएको आपति जानाउदा पनि केही प्रतिउतर अस्पतालबाट पाईदैन ।
 
घटना २ : श्रावण २२ गते वीरगंज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ६० बर्षीय चलितर महतोलाई पीसीआर नेगेटिभ रिपोर्टका साथ परिवारजन वीरगंजको NMC उपचारको लागि लिएर जान्छन तर पीसीआर रिपोर्ट नेगेटिभ हुदा हुदै पनि अस्पतालले भर्ना लिन मानदैन । NMC आकस्मिक कक्षको गेट अगाडि नै रिक्शामा बिरामीको मृत्यु हुन्छ । आकस्मिक कक्षका चिकित्सकलाई समेत पीसीआर नेगेटिभ रिपोर्ट देखाउदा भर्ना लिन नमानेको मृतकका भाई शम्भू महतो भन्छन, ‘समयमा उचार नपाएर दाईको मृत्यु भयो’ ।
 
घटना ३ : श्रवण २३ गते वीरगंज महानगरपालिका वडा नम्बर २ का २० वर्षीय महिला बिष्णु लामालाई बिहान सामान्य ज्वारों र खोकी लाग्छ । सोही दिन राति लगभग १० बजे श्वासप्रश्वासमा समस्या आएकाले उनका भीनाजु रूपेश सिंह उनलाई ऑटोमा राखी विरगंजको एड्भांस हास्पिटल पूगछन । अस्पतालका चिकित्सकले बिरामीमा कोरोना संक्रमणको लक्षण देखिएकाले त्यहा इमरजेंसी सेवा बाहेक बाकी सेवा बन्द छ भन्दै वयाेधा अस्पताल लैजान सुझाव दिन्छन ।
 
शुक्रवार मात्रै ब्योधा अस्पतालका चिकित्सक तथा नर्स समेत १५ जनामा कोरोना संक्रमण र त्यही अस्पतालको आईसीयूमा मृत्यु भएका दुई महिलामा पनि कोरोना पुष्टि भएको हुनाले यहाका डाक्टरहरुलाई कोरोना लागेको छ उपचार सेवा दिन सकीदैन भन्दै फिर्ता पाठाइन्छ ।
 
बिरामी लामालाई कोभिड़-१९ बिशेष अस्पताल गण्डक लिएर जानछन । गण्डक अस्पतालले कोरोना पुष्टि नभएकालाई राख्न मिलदैन भन्दै फर्काउछ । त्यस पछि बिरामीलाई भवानी अस्पताल लगीन्छ । भवानी अस्पतालले गेट बाहिरबाट नै फर्काउछ । त्यसपछि उनलाई तराई अस्पताल लगीन्छ । बिरामीको लक्षण थाहा पाऊना साथ तराई अस्पतालमा आईसीयू खाली छैन भन्दै बिरामीलाई फर्काईन्छ ।
 
बिरामीलाई ततपश्चात वीरगंजको NMC लिएर गईन्छ तर त्यहा पनि अनेकों प्रयास बिफल हुन्छ र त्यहाबाट पनि फर्काईन्छ । एक जना स्थानीय पत्रकार र युवा नेताको पहलमा उनलाई पुन नारायणी अस्पताल लगीन्छ । नारायणीमा ड्यूटीमा खटेका चिकित्सकले यहा सामान्य उपचार मात्रै सम्भव छ तर बिरामीको लक्षण कोरोनाको देखीन्छ त्यही भएर यहा उपचार सम्भव छैन भन्दै पुन फर्काईन्छ ।
 
त्यसपछि उनलाई नारायणी अस्पतालको अस्थायी कोभिड़ अस्पताल वीरगंज हेल्थ केयर लगीन्छ । वीरगंज हेल्थ केयरले नन-कोभिड़ बिरामी भर्ना गर्न मिलदैन भन्दै फर्काउछ । पत्रकार र युवा नेता तबरेज आलम कै पहल र डाक्टर उदय नारायण सिंहको समन्वयमा बिरामीलाई पुन कोभिड़-१९ बिशेष अस्पताल गण्डक लगीन्छ । गण्डक अस्पतालको गेटमा उपचार पाउनु पूर्व नै उनको मृत्यु हुन्छ ।
 
घटना ४ : वीरगंज महानगपलिका वाड नम्बर २५ का ६५ बर्षीय बृद्ध महिला मधुमेह बाहेक उनको ढाड़ दुखने समस्या छ तर प्राय सामान्य उपचारले ठीक हुन्छिन । श्रावण २४ गते राति उनको ढाड़को समस्याले ग्रसित बनाउछ । ढाडको दुखाई सहन न सकेर उनलाई वीरगंजको एड्भांस हास्पिटल लगीन्छ । एड्भांस हास्पिटलले भर्ना लिन नमाने पछि उनलाई नेशनल मेडिकल लगीन्छ । नेशनल मेडिकलले पनि भर्ना लिन नमानेपछि उनलाई नारायणी अस्पताल लगीन्छ । नारायणी अस्पतालले पनि भर्ना लिन नमाने पछि उनलाई नेपाल-इंडो अस्पताल लगीन्छ । नेपाल इंडो अस्पतालले पनि भर्ना लिन मानदैन त्यही क्रममा बिरामीको मृत्यु हुन्छ । मृतकका नाती अर्जुन साह दुख सुनाउदै भन्छन । मेरो हजूरआमा बाचुञ्जेल कुनै पनि अस्पतालले भर्ना लिन मानेन अब उनको मृत्यु पछि स्वाब संकलनको लागि शव प्रहरी लाई चाहियो रे । समयमा उपचार नपाएर मेरो हजूरआमाको मृत्यु भयो उनी सुनाउछन ।
 
घटना ५ : श्रावण २३ गते वीरगंज महानगपलिका वडा नम्बर १३ का ६२ वर्षीय शारदा देवी रौनियारलाई राति श्वासप्रश्वासको सममस्या देखिन्छ र उनलाई तराई अस्पताल लगीन्छ । तराई अस्पतालाले भर्ना लिन नमानेपछि बिरामीलाई नेशनल मेडिकल कालेज पुरयाइन्छ । नेशनल मेडिकल कालेजले पनि भर्ना लिन नमानेपछि अंतत नारायणी अस्पताल लगीन्छ । नारायणी अस्पतालको आकस्मिक सेवा कक्ष आगाड़ी शनिवर बिहान पौने ११ बजे उनको मृत्यु हुन्छ । आरडीटी परीक्षण नेगेटिभ भएपनि निजी अस्पतालहरुले भर्ना लिन मानेनन । यदि अस्पताल र चिकित्सकले चिकित्सकीय धर्म अपनाएको भए आकाल मै मृत्यु हुने थिएन, मृतकका एक आफ़न्त ले दुख सुनाउन्छन् ।
 
घटना ६ : श्रावण २४ गते वीरगंज महानगरपालिका वडा नम्बर ७ रामटोलका वीरगंज कै कालेज कक्षा ११ मा अध्यन्नरत छात्र अनीश गुप्ताको स्वास्थ्य खराब हुन्छ र उनका आफ़न्त उनलाई नारायणी अस्पताल लिएर जानछन । नारायणी अस्पतालले भर्ना लिन अस्वीकार गर्छ र त्यहाबाट उनलाई नेशनल मेडिकल लगीन्छ तर अस्पताल नपूगदै बाटोमा उनको मृत्यु हुन्छ । मृत्यु पश्चात प्रहरी निकाय मृतक शरीरको लागि मृतकको घर पूगछन तर स्थानीयको बिरोध पश्चात प्रहरी फर्कीन्छन र उनको अन्तिम संस्कार गरिन्छ ।
 
अंतत : कोरोना महामारीको संक्रमणकालमा वीरगंजमा घटित यी घटनाक्रमको दोषी को त ? के ती स्थानीय जनता दोषी छन त जसले समयमा उपचार नपाएर ज्यान गुमाउदै छन ? ती स्वास्थ्य सम्बन्धी संस्थाहरु जसले कोभिड़-१९ को नाममा सामान्य उपचार र आफ्नो मानव प्रतिको दायित्वबाट पन्छिन खोज्दै छन ? या जिल्ला प्रशासन कार्यालय जसले निजी स्वास्थ्य संस्थाहरुलाई उपचार नगरे कानूनी करवाही गर्ने सूचना निकालेपनि मौन बसेका छन ? या ती सुरक्षा निकाय जसलाई मारणोपरांत स्वाब संकलनलाई शव चाहिन्छ तर बाचुन्जेल उपचारको व्यवस्था मिलाउन सक्दैन ?

निजि अस्पतालहरुकाे नाउँमा उच्च अदालतकाे अन्तरिम आदेश

0

बिरगंज । उच्च अदालत जनकपुर अस्थाई ईजलास बीरगंजले स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी एवम् कार्यरत चिकित्सकसमेतका स्वस्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाई उपचार सेवा दिन, दिलाउन कुनै पनि बहानामा ईन्कार नगर्नु नगराउनु भनि बीरगंजका सम्पुर्ण सरकारी तथा निजी अस्पतालहरुको नाँउमा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ताहरु रामनारायण प्रसाद कुर्मी, बिरेन्द्र प्रसाद यादव तथा निरज कुमार गुप्ताले संयुक्त रुपमा दायर गर्नु भएको रिटमा सुनुवाई गर्दै उच्च अदालत अस्थाई ईजलास बीरगंजका न्यायाधिश बिरबहादुर डाँगीको एकल ईजलासले यस्ताे आदेश गरेको हो ।

आदेशमा नेपालमा समेत महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित ब्यक्ति बाहेक अन्य रोगबाट ग्रसित ब्यक्तिलाई कोरोना भाईरसको परिक्षण नै नगरि निज कोरोना भाईरसबाट संक्रमित भएको भनि अनुमान गरि उपचार नै नगर्ने हो भने अन्‍य प्राणघातक रोगको उपचार नपाई मृत्यु समेत हुन गई अपुर्णिय क्षति समेत हुन सक्ने हुँदा निवेदकहरुको माग बमोजीम स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी एवम् कार्यरत चिकित्सक समेतका स्वस्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाई उपचार सेवा दिन भनिएको छ ।

साथै आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा छलफलका लागी यही भाद्र ८ गते उपस्थित हुन निवेदक तथा बिपक्षीहरुलाई समेत भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौ, मुख्यमन्त्रीको कार्यालय प्रदेश २, जिल्ला प्रशासन कार्यलय पर्सा तथा बीरगंजका निजी अस्पतालहरुलाई बिपक्षी बनाई परेको सो रिट निवेदमा निवेदक अधिवक्ताहरु रामनारायण प्रसाद कुर्मी, बिरेन्द्र प्रसाद यादव, निरज कुमार गुप्ता तथा अधिवक्ता रामबली प्रसाद चौहान लगायतले बहस गरेका  थिए।

पाेखरियाका वडाध्यक्ष, डाक्टरसहित थप २२ जनामा काेराेना पुष्टि

0

पाेखरिया । पोखरीया नगरपालिकाका वडाअध्यक्ष र डाक्टरसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयोगशालामा गरिएकाे परिक्षणमा पोखरीया नगरपालिका १ का वडाअध्यक्ष बंका राउत कुर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

जसमा १८ वर्षको युवकदेखि ५० वर्षसम्मका उमेर समुहका महिला र पुरुष संक्रमित रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याले जानकारी दिए।

उनका अनुसार पाेखरिया नगरपालिका एक वडाध्यक्ष, पोखरीया अस्पतालका २५ वर्षिय डाक्टर, २२ ,२३ वर्षिय सोही अस्पतालका स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यस्तै बारा घर भई नारायणी अस्पतालकाे मेडिकल वार्डमा कार्यरत २० वर्षिय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छन्।

यता जिल्ला प्रहरी कार्यालय पर्साबाट संकलन गरिएको २२, २६, २९, ३५ वर्षिय गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बारा, जितपुरसिमरा उपमहानगरपालिका २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका ३६, ४० वर्षीयको पुरुष र ४८ वर्षीया महिला गरी तीन जना मजदुरमा कोरोना संक्रमण भएकाे छ।

यस्तै वीरगञ्जको छपकैया, विर्ता, श्रीपुर,आदर्शनगर,नगवालगायतका ११ जना संक्रमित रहेका छन्।

नगरपालिकाकाे एक वडाध्यक्ष, पाेखरिया अस्पतालका एक डाक्टर, एक नर्स र एक अहवेमा काेराेना संक्रमण पुष्टि भएकाे पाेखरिया  नगरपालिकाले पनि जनाएकाे छ ।

गत शुक्रबार नगरपालिकाकाे २२ जनाकाे स्वाब संकलन गरी पिसिआर परिक्षणकाे लागि नारायणी अस्पताल पठाउदा आज आएकाे रिपाेर्टमा ४ जनाकाे काेराेना पाेजेटिभ देखिएकाे पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अनिल यादवले वताए । संक्रमितहरुमा ज्वाराे लगायतका लक्षणसमेत देखिएकाे उनले जनाए । 

संक्रमितहरुलाई पाेखरिया अस्पताल कै माथिलाे तल्लामा निर्माण भइरहेकाे आइसाेलेसनमा राख्ने तयारी भइरहेकाे नगरपालिकाका मेयर दिपनारायण राैनियारले वताए । अस्पतालकाे माथिलाे तल्लामा २५ बेडकाे आइसाेलेसन निर्माण अन्तिम चरणमा पुगेकाे उनले जनाए ।

यसैबिच आज मेयर राैनियारसहित २५ जनाकाे स्वाबकाे नमुना संकलन गरि पिसिआर परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ । संक्रमितहरुकाे कन्टेक्ट ट्रेसिङकाे आधारमा मेयर राैनियार, पाेखरिया अस्पतालका मेसु डा. यादवसहित २५ जनाकाे स्वाब संकलन गरि परिक्षणकाे लागि पठाइएकाे हाे । 

पर्सागढीका मेयर यादवलाई थप उपचारकाे लागि काठमाडाैं लगियाे

0

बीरगन्ज । पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादवलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार बीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएका यादवलाई थप उपचारकाे लागि आज काठमाण्डाै लगिएकाे हाे ।

तराई हस्पिटमा उपचाररत मेयर यादवकाे स्वास्थ्य स्थितीमा खासै संताेषजनक सुधार नदेखिएकाेले थप उपचारकाे लागि काठमाडाैंस्थित मेडिसिटी हस्पिटलमा लगिएकाे उनी निकटका गिरि राज कडेलले जानकारी दिए । निमोनियाको लक्षण देखिएको मेयर यादवलाई काठमाडाैं लग्ने ३ दिनदेखीकाे प्रयास आज सफल भएकाे उनले वताए ।

उनले भने “हामी ३ दिनदेखी मेयर सावलाई काठमाडाै लग्न प्रयास गरिरहेका थिए, माैसममा हुने गरेकाे गडबडीका कारण हेलिकप्टर आउन सकिरहेकाे थिएन । हिजाे आइतबार मात्र माैसम कै गडबडीका कारण हेलिकप्टर वीरगंज आउदै गर्दा आधी बाटाेबाट फिर्ता गएकाे थियाे, आज फेरी हेलिकप्टर आएपछि कठमाण्डाै लगिएकाे हाे ।”

तराई हस्पिटलका निर्देशक डा. राेशन कुर्मीका अनुसार तराई अस्पतालमा उपचाररत रहदाँ गरिएको सिटी स्क्यानमा मेयर यादवको फोक्सोमा संक्रमण देखिएको छ । फोक्सोमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको डा. कुर्मीले बताए ।

नगरप्रमुख यादव केहि दिन अगाडी काठमाडौँ पुगेर आएपछि स्वइच्छाले गराएको आफ्नो कोरोना परिक्षणको रिपोट नेगेटिभ आएपनि दोस्रो पटक पिसिआर परिक्षण भने हुन नसकेको डा. कुर्मीले जानकारी दिए । अब काठमाडाैं मै उनकाे काेराेना परिक्षण गरिने छ । 

प्रशासन कार्यालय पर्सा घेराउ गर्न पुगेका नेवि संघका ३ नेता पक्राउ

0

वीरगंज । निषेधाज्ञा उलंघन गर्दै जिल्ला प्रशासन कार्यालय पर्सा घेराउ गर्न गएका नेपाल विद्यार्थी संघ (नेवि संघ)का ३ नेता पक्राउ परेका छन् । नेपाल विद्यार्थी संघका पर्सा सभापति बिकास तिवारी, उपाध्यक्ष शेख हजरा र मनोज साह पक्राउ परेका हुन् ।

उनीहरुलाई पक्राउ गर्ने क्रममा जिल्ला प्रशासन कार्यालयको गेट अगाडी केहिबेर नेवि संघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप समेत भएको थियो । पाँच बुँदे माग राखेर शान्तिपूर्ण रुपमा आन्दोलन गर्दा प्रहरीले लाठिचार्ज गर्नुको साथै आफूसहित तीन जनालाई पक्राउ गरेको सभापति तिवारीले जानकारी दिए ।

‘वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जनाको ज्यान गईसकेको छ । जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन छ ।’ उनले भने ‘त्यसैले शान्तिपूर्ण रुपमा प्रशासन घेर्न गएका हौं, तर एक्कासी प्रहरी आएर लाठिचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ ।’

प्रहरीको लाठिचार्जबाट आफ्नो ढाड र खुट्टामा चोट लागेको र अन्य थुप्रै साथीहरुलाई पनि चोट लागेको तिवारीले बताए ।

नारायणी अस्पताललाई जेनरल सेवा सुविधासहित सर्वसाधरणलाई खुल्ला गरियोस, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएका पीडितहरुलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोनाले गर्दा खाई कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधरणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने मागसहितको व्यानर लिएर उनीहरु जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए ।

कालिकामाईमा छाेराकाे टाउकाे फुट्याे, बाबु कुटिए

0

पाेखरिया । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा कुटपिट भएकाे छ । स्थानिय ५ जनाकाे समुहले साेही ठाउँ निवासी ४० बर्षिय हरिनारायण चाैरसियालाई कुटपिट गर्दा उनी घाइते भएका छन् ।

स्थानिय बनारसी महताे, गाेपिचन महताे, ठग महताे, जनारसी महताे र अकलेश महताेले कुटपिट गरेकाे भन्दै पिडित चाैरसियाले इलका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका छन् ।

आइतबार दिउसाे पडाेसी महेश महताे केवंटकाे छाेरा धर्मेन्द्र महताे केंवटले खेल्ने क्रममा चलाएकाे ढुंगा लागेर घाइते चाैरसियाकाे ४ बर्षिय छाेरा कृष्ण चाैरसियाकाे टाउकाे फुटेकाे थियाे । त्यसपछि चाैरसियाले स्थानिय स्वास्थ्य चाैकीमा छाेराेकाे उपचार गराउन गएका थिए ।

भिनाजु चाैरसियाले टाउकाे फुटेका भान्जाकाे उपचार गराएर अस्पतालबाट निस्कने क्रममा बाहिर रहेका ५ जनाकाे समुहले भिनाजुलाई कुटपिट गरी घाइते बनाएकाे जयप्रकाश चाैरसियाले वताए । उनका अनुसार ढुंगा हानेका बालकका परिवारका सदस्यहरुले गल्ती भइसकेछ भनिरहदा उनका भाई पटिडारले विवाद गरी चाैरसियालाई लाठी फाटाले कुटपिट गरेका हुन् ।

नारायणीमा भएकाे घटनाकाे राजनितिक दलद्वारा भत्सर्ना

0
वीरगंज । नारायणी अस्पतालमा आइतबार विहान भएकाे प्रदर्शन र ताेडफाेडकाे घटनाकाे प्रमुख राजनितिक दलहरुले भत्सर्ना गरेका छन् । नेकपा, नेपाली कांग्रेस र जसपाका जिल्ला अध्यक्षहरु क्रमश प्रभु हजारा, अजय द्विवेदी र रामनरेश यादवले आज संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै गरिव जनताको अस्पताल नारायणी हस्पिटलमा भएको घट्नाको भत्सर्ना गरेका हुन् ।
 
यस्तै कोभिड अस्पतालका इन्चार्ज वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहको गाडीमा भएको तोडफोड र अस्पतालमा भएको ढुङ्गामुडाको समेत निन्दा गरेका छन् । विज्ञप्तीमार्फत तिनै दलका जिल्ला अध्यहरुले यस्ता क्रियाकालापहरु पुनः नदोहोर्‍याउन जनमान्समा अपिल समेत गरेका छन् ।
 
कोभिड–१९ बाट सङ्क्रमितहरुको उपचारमा डाक्टर, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी, सुरक्षाकर्मिहरु प्रत्येक्षरुपमा सेवा दिइरहेको सर्बबिधितनै भन्दै विज्ञप्तिमार्फत नै राजनितिक दलहरुले ज्यान जोखिममा राखेर दिन रात मानवजिवनको रक्षामा खटिएका ती फ्रन्टलाइनरहरु प्रति आभार प्रकट गरेका छन् ।
 
यसका साथै सङ्क्रमितहरुको उपचार र सेवामा दिनरात समर्पित भइ काम गरिरहनु भएका यस्ता राष्ट्र सेवाहरुलाई मनोवल उच्च राख्न आ–आफ्नो स्तरबाट हौसला बढाई दिन् सम्पूर्ण जनमानससँग अपिल समेत गरेका छन् ।
 
त्यसैगरी करोना महामारीको नाममा अन्य प्रकृतीका विरामीहरुको उपचार नगर्ने स्वास्थ संस्थाहरुको रवैयाको समेत हामी भत्सर्ना गरेका छन् । विगत केहि दिन यता वीरगञ्जमा सञ्चालित स्वास्थ संस्था एवम् अस्पतालहरुले विरामीहरुको भर्ना नगर्दा उपचारको आभावमा विरामीहरुले ज्यान गुमाउनु दुःखद छ । हामी सबैले मिलेर यसको निन्दा गर्नुपर्छ भन्दै प्रमुख राजनितिक दलहरुले यस्ता अमानवीय घट्नाको छानबिन गरि त्यस्ता घृणित कार्यमा संलग्न स्वास्थ संस्था, अस्पताल एवम् कर्मचारीलाई कडा भन्दा कडा करवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सासंग जोड्दार माग समेत गरेका छन् ।
साथै जारी विज्ञप्तिमार्फत नै त्यस्ता स्वास्थ संस्था र अस्पतालहरुलाई छिटो भन्दा छिटो आफ्ना नियमित सेवाहरु पुनः सूचारु गर्न अनुरोध गरेका छन् ।

उपचार नपाएर ज्यान गुमाएकालाई क्षतिपुर्ति दिन जनमत पार्टीकाे माग

0

वीरगंज । जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साले विभिन्न मागहरु राखी जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज संतोष साहले जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवलाई ध्यानाकर्षण पत्र बुझाए ।

सो ध्यानाकर्षण पत्रमा अस्पतालले उपचार गराउन आएका बिरामीलाई कुनै पनि बाहानामा उपचार नगरी फिर्ता नपठाओस, अस्पतालले भर्ना नगर्दा उपचारको अभावमा मुत्यु भएको पिडितलाई क्षतिपुर्ती प्रदान गरियोस र दोषि अस्पतालमाथी कडा भन्दा कडा कारवाहि गरियोस, एक घर एक परिक्षण युद्घ गतिमा गरियोस, पर्सा जिल्लामा मेडिकल इमरजेन्सी घोषणा गरि संघिय सरकारले प्रयापत परिक्षण किट, स्वास्थ सामाग्री र विशेष चिकित्सक टोली यथासिध्र पर्सा जल्लामा पठाओस, चुल्हो निभ्न लागेका मजदुर, गरिब दैइनिक कमाउने खानेलाई राहत को ब्यवस्था गरियोस भनि माग उल्लेख रहेको छ ।

विगत साढे ४ महिनाको कोविड १९ को चपेटामा पर्सा जिल्ला परेको सर्वविदितै छ । बिचमा सरकारले आफ्नो नीजी फाइदाको लागी जनतासंग कर उठाउन लकडाउन खुकुलो गरी अहिले सम्पूर्ण पर्सा जिल्लामा समुदायस्तरमा कोरोनाको संक्रमण फैलाएको हाम्रो बुझाइ रहेको इन्चार्ज साहले बताए ।

जनताले राहत नपाउनु, संक्रमित परिवारको सदस्यको पनि टेष्टीङ्ग नगर्नु, अस्पतालको कुनै निगरानी नगर्नु यहाँ सम्मकी उपचार गराउन आएका बिरामी अस्पतालले भर्ना नगर्दा अस्पतालको गेटमै मर्न बाध्य हुनुले स्थानिय प्रशासन लगायत तिनै तहको सरकार क्रोरोनाको संक्रमण रोक्न र जनतालाई स्वास्थय उपचार उपलब्ध गराउन असफल रहेको जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साको ठहर छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत सो ध्यानाकर्षण पत्र पर्सा जिल्लाका सम्पूर्ण स्थानिय सरकार प्रमुखज्यूहरु, जिल्ला प्रशासन कार्यालय पर्सा, प्रदेश नं. २ को सरकार, जनसंख्या तथा स्वास्थय मन्त्रालयमा बोधार्थ पठाईएको जिल्ला ईन्चार्ज साहले जानकारी गराए ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा पार्टीका जिल्ला सह ईन्चार्ज राहुल रौनियार, पार्टीको महिला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सब्बु खातुन लगायतको सहभागीता रहेको थियो ।

इन्डाे हस्पिटललेपनि ज्वराे लागेकाे बिरामीकाे भर्ना लिएन

0

वीरगंज । उपचार नपाएर पर्साका आम जनताले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नगर्ने निजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएपनि त्यसकाे निरन्तर अव्ग्या भईरहेको पाइएकाे छ ।

विभिन्न निजी अस्पतालहरू चहार्दै उपचार नपाएर ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि भई रहेपनि निजी अस्पतालहरूको रवैयामा प्रशासनकाे निर्देशन पश्चात पनि परिवर्तन आएको छैन । गएराती मात्रै नगवाका एक ६५ बर्षिय वृद्धलाई ज्वरो र स्वास प्रसवासमा समस्या भएपछि उपचारको लागि नेपाल इन्डो अस्पताल प्रा .लि. वीरगन्जमा बुझदा बेड खालि थियाे । 

त्यसपछि बिरामीलाई अस्पताल भर्नाकाे लागि लिएर जादा ज्वारोको बिरामीलाई आफूहरुले भर्ना लिने नगरेको वताउदै अस्पताले भर्ना लिन मानेन । बिरामीका आफन्तका अनुसार अस्पताल प्रशासनले आइसियुमा बेड खालि रहेको बताए पनी सो अस्पतालका डा. महेश्वर प्रसाद कुर्मीले बेड खाली नरहेको र बेड खाली रहेपनि आइसियु खाली नरेहेको साथै भेन्टिलेटर नरहेको भनी भर्ना लिन नसकिने बताए ।

बिरामीको आफन्तले हजुर डा. सावसँगै देखाउन थुप्रैले सल्लाह दिएको हुनाले डा.सावले जहाँ बोलाएनी बिरामी ल्याउन तयार रहेको बताए पनि डा. कुर्मीले आफूले काम गर्ने अस्पताल इन्डो अस्पताल रहेको र त्यहाँ बेड र उपचार गर्ने ठाउँ नरहेकोले बिरामीलाई नेशनल मेडिकल लैजान सुझाव दिए ।

यसरी विभिन्न बहानामा बिरामी उपचार नगर्ने निजी अस्पतालहरूलाई स्थानीय प्रशासनले कारवाही गर्ने भनेपनि भने निजी अस्पतालहरूको मनपरी र गैर जिम्मेवारीपन कायमै रहेको छ ।