Date
बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

उपचार नपाएर ज्यान गुमाएकालाई क्षतिपुर्ति दिन जनमत पार्टीकाे माग

spot_img
spot_img

वीरगंज । जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साले विभिन्न मागहरु राखी जिल्ला प्रशासन कार्यालय पर्सामा ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टी पर्साका जिल्ला ईन्चार्ज संतोष साहले जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवलाई ध्यानाकर्षण पत्र बुझाए ।

सो ध्यानाकर्षण पत्रमा अस्पतालले उपचार गराउन आएका बिरामीलाई कुनै पनि बाहानामा उपचार नगरी फिर्ता नपठाओस, अस्पतालले भर्ना नगर्दा उपचारको अभावमा मुत्यु भएको पिडितलाई क्षतिपुर्ती प्रदान गरियोस र दोषि अस्पतालमाथी कडा भन्दा कडा कारवाहि गरियोस, एक घर एक परिक्षण युद्घ गतिमा गरियोस, पर्सा जिल्लामा मेडिकल इमरजेन्सी घोषणा गरि संघिय सरकारले प्रयापत परिक्षण किट, स्वास्थ सामाग्री र विशेष चिकित्सक टोली यथासिध्र पर्सा जल्लामा पठाओस, चुल्हो निभ्न लागेका मजदुर, गरिब दैइनिक कमाउने खानेलाई राहत को ब्यवस्था गरियोस भनि माग उल्लेख रहेको छ ।

विगत साढे ४ महिनाको कोविड १९ को चपेटामा पर्सा जिल्ला परेको सर्वविदितै छ । बिचमा सरकारले आफ्नो नीजी फाइदाको लागी जनतासंग कर उठाउन लकडाउन खुकुलो गरी अहिले सम्पूर्ण पर्सा जिल्लामा समुदायस्तरमा कोरोनाको संक्रमण फैलाएको हाम्रो बुझाइ रहेको इन्चार्ज साहले बताए ।

जनताले राहत नपाउनु, संक्रमित परिवारको सदस्यको पनि टेष्टीङ्ग नगर्नु, अस्पतालको कुनै निगरानी नगर्नु यहाँ सम्मकी उपचार गराउन आएका बिरामी अस्पतालले भर्ना नगर्दा अस्पतालको गेटमै मर्न बाध्य हुनुले स्थानिय प्रशासन लगायत तिनै तहको सरकार क्रोरोनाको संक्रमण रोक्न र जनतालाई स्वास्थय उपचार उपलब्ध गराउन असफल रहेको जनमत पार्टी जिल्ला कार्यालय समिती पर्साको ठहर छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत सो ध्यानाकर्षण पत्र पर्सा जिल्लाका सम्पूर्ण स्थानिय सरकार प्रमुखज्यूहरु, जिल्ला प्रशासन कार्यालय पर्सा, प्रदेश नं. २ को सरकार, जनसंख्या तथा स्वास्थय मन्त्रालयमा बोधार्थ पठाईएको जिल्ला ईन्चार्ज साहले जानकारी गराए ।

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा पार्टीका जिल्ला सह ईन्चार्ज राहुल रौनियार, पार्टीको महिला अध्यक्ष अनिता रौनियार, उपाध्यक्ष सब्बु खातुन लगायतको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्राउन सुगरसहित छिपहरमाईका आलम र जगरनाथपुरका पटेल पक्राउ

वीरगंज । पर्सामा १५४ ग्राम ब्राउन सुगर र ११ ग्राम ५९ मिलिग्राम अफिमजस्तो देखिने पदार्थसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । लागूऔषध खरिद–बिक्री भइरहेको...

प्रचण्ड–माधवको वीरगंज कार्यक्रम असोज १४ गतेलाई सर्‍यो

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले जिल्ला एकता समायोजन, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि २०८३ असोज ११ गते...

वीरगंज १२ काे कांग्रेस सभापतिमा जवाहरलाल

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वीरगंज महानगरपालिका–१२ मुर्लीको वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा सभापतिमा जवाहरलाल प्रसाद निर्विरोध चयन हुनुभएको छ ।...