Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

नारायणीमा भएकाे घटनाकाे राजनितिक दलद्वारा भत्सर्ना

spot_img
spot_img
वीरगंज । नारायणी अस्पतालमा आइतबार विहान भएकाे प्रदर्शन र ताेडफाेडकाे घटनाकाे प्रमुख राजनितिक दलहरुले भत्सर्ना गरेका छन् । नेकपा, नेपाली कांग्रेस र जसपाका जिल्ला अध्यक्षहरु क्रमश प्रभु हजारा, अजय द्विवेदी र रामनरेश यादवले आज संयुक्त रुपमा एक प्रेस विज्ञप्ती जारी गर्दै गरिव जनताको अस्पताल नारायणी हस्पिटलमा भएको घट्नाको भत्सर्ना गरेका हुन् ।
 
यस्तै कोभिड अस्पतालका इन्चार्ज वरिष्ठ चिकित्सक डा. उदय नारायण सिंहको गाडीमा भएको तोडफोड र अस्पतालमा भएको ढुङ्गामुडाको समेत निन्दा गरेका छन् । विज्ञप्तीमार्फत तिनै दलका जिल्ला अध्यहरुले यस्ता क्रियाकालापहरु पुनः नदोहोर्‍याउन जनमान्समा अपिल समेत गरेका छन् ।
 
कोभिड–१९ बाट सङ्क्रमितहरुको उपचारमा डाक्टर, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी, सुरक्षाकर्मिहरु प्रत्येक्षरुपमा सेवा दिइरहेको सर्बबिधितनै भन्दै विज्ञप्तिमार्फत नै राजनितिक दलहरुले ज्यान जोखिममा राखेर दिन रात मानवजिवनको रक्षामा खटिएका ती फ्रन्टलाइनरहरु प्रति आभार प्रकट गरेका छन् ।
 
यसका साथै सङ्क्रमितहरुको उपचार र सेवामा दिनरात समर्पित भइ काम गरिरहनु भएका यस्ता राष्ट्र सेवाहरुलाई मनोवल उच्च राख्न आ–आफ्नो स्तरबाट हौसला बढाई दिन् सम्पूर्ण जनमानससँग अपिल समेत गरेका छन् ।
 
त्यसैगरी करोना महामारीको नाममा अन्य प्रकृतीका विरामीहरुको उपचार नगर्ने स्वास्थ संस्थाहरुको रवैयाको समेत हामी भत्सर्ना गरेका छन् । विगत केहि दिन यता वीरगञ्जमा सञ्चालित स्वास्थ संस्था एवम् अस्पतालहरुले विरामीहरुको भर्ना नगर्दा उपचारको आभावमा विरामीहरुले ज्यान गुमाउनु दुःखद छ । हामी सबैले मिलेर यसको निन्दा गर्नुपर्छ भन्दै प्रमुख राजनितिक दलहरुले यस्ता अमानवीय घट्नाको छानबिन गरि त्यस्ता घृणित कार्यमा संलग्न स्वास्थ संस्था, अस्पताल एवम् कर्मचारीलाई कडा भन्दा कडा करवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सासंग जोड्दार माग समेत गरेका छन् ।
साथै जारी विज्ञप्तिमार्फत नै त्यस्ता स्वास्थ संस्था र अस्पतालहरुलाई छिटो भन्दा छिटो आफ्ना नियमित सेवाहरु पुनः सूचारु गर्न अनुरोध गरेका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...