Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

इन्डाे हस्पिटललेपनि ज्वराे लागेकाे बिरामीकाे भर्ना लिएन

spot_img
spot_img

वीरगंज । उपचार नपाएर पर्साका आम जनताले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नगर्ने निजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएपनि त्यसकाे निरन्तर अव्ग्या भईरहेको पाइएकाे छ ।

विभिन्न निजी अस्पतालहरू चहार्दै उपचार नपाएर ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि भई रहेपनि निजी अस्पतालहरूको रवैयामा प्रशासनकाे निर्देशन पश्चात पनि परिवर्तन आएको छैन । गएराती मात्रै नगवाका एक ६५ बर्षिय वृद्धलाई ज्वरो र स्वास प्रसवासमा समस्या भएपछि उपचारको लागि नेपाल इन्डो अस्पताल प्रा .लि. वीरगन्जमा बुझदा बेड खालि थियाे । 

त्यसपछि बिरामीलाई अस्पताल भर्नाकाे लागि लिएर जादा ज्वारोको बिरामीलाई आफूहरुले भर्ना लिने नगरेको वताउदै अस्पताले भर्ना लिन मानेन । बिरामीका आफन्तका अनुसार अस्पताल प्रशासनले आइसियुमा बेड खालि रहेको बताए पनी सो अस्पतालका डा. महेश्वर प्रसाद कुर्मीले बेड खाली नरहेको र बेड खाली रहेपनि आइसियु खाली नरेहेको साथै भेन्टिलेटर नरहेको भनी भर्ना लिन नसकिने बताए ।

बिरामीको आफन्तले हजुर डा. सावसँगै देखाउन थुप्रैले सल्लाह दिएको हुनाले डा.सावले जहाँ बोलाएनी बिरामी ल्याउन तयार रहेको बताए पनि डा. कुर्मीले आफूले काम गर्ने अस्पताल इन्डो अस्पताल रहेको र त्यहाँ बेड र उपचार गर्ने ठाउँ नरहेकोले बिरामीलाई नेशनल मेडिकल लैजान सुझाव दिए ।

यसरी विभिन्न बहानामा बिरामी उपचार नगर्ने निजी अस्पतालहरूलाई स्थानीय प्रशासनले कारवाही गर्ने भनेपनि भने निजी अस्पतालहरूको मनपरी र गैर जिम्मेवारीपन कायमै रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा श्रमिक समुदायका भूमिसम्बन्धी समस्या समाधानका लागि राज्यका प्रयासलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ...

आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

काठमाडौँ । कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न...

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...