Date
आइत, कार्तिक १५, २०८३
Sun, November 1, 2026

इन्डाे हस्पिटललेपनि ज्वराे लागेकाे बिरामीकाे भर्ना लिएन

spot_img
spot_img

वीरगंज । उपचार नपाएर पर्साका आम जनताले ज्यान गुमाउनु परेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नगर्ने निजी अस्पतालहरुलाई कारवाही गर्ने जनाएपनि त्यसकाे निरन्तर अव्ग्या भईरहेको पाइएकाे छ ।

विभिन्न निजी अस्पतालहरू चहार्दै उपचार नपाएर ज्यान गुमाउनेहरुको संख्यामा वृद्धि भई रहेपनि निजी अस्पतालहरूको रवैयामा प्रशासनकाे निर्देशन पश्चात पनि परिवर्तन आएको छैन । गएराती मात्रै नगवाका एक ६५ बर्षिय वृद्धलाई ज्वरो र स्वास प्रसवासमा समस्या भएपछि उपचारको लागि नेपाल इन्डो अस्पताल प्रा .लि. वीरगन्जमा बुझदा बेड खालि थियाे । 

त्यसपछि बिरामीलाई अस्पताल भर्नाकाे लागि लिएर जादा ज्वारोको बिरामीलाई आफूहरुले भर्ना लिने नगरेको वताउदै अस्पताले भर्ना लिन मानेन । बिरामीका आफन्तका अनुसार अस्पताल प्रशासनले आइसियुमा बेड खालि रहेको बताए पनी सो अस्पतालका डा. महेश्वर प्रसाद कुर्मीले बेड खाली नरहेको र बेड खाली रहेपनि आइसियु खाली नरेहेको साथै भेन्टिलेटर नरहेको भनी भर्ना लिन नसकिने बताए ।

बिरामीको आफन्तले हजुर डा. सावसँगै देखाउन थुप्रैले सल्लाह दिएको हुनाले डा.सावले जहाँ बोलाएनी बिरामी ल्याउन तयार रहेको बताए पनि डा. कुर्मीले आफूले काम गर्ने अस्पताल इन्डो अस्पताल रहेको र त्यहाँ बेड र उपचार गर्ने ठाउँ नरहेकोले बिरामीलाई नेशनल मेडिकल लैजान सुझाव दिए ।

यसरी विभिन्न बहानामा बिरामी उपचार नगर्ने निजी अस्पतालहरूलाई स्थानीय प्रशासनले कारवाही गर्ने भनेपनि भने निजी अस्पतालहरूको मनपरी र गैर जिम्मेवारीपन कायमै रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी सफाइकाे लागि उद्योग मन्त्रालयको टोली वीरगंजमा

वीरगञ्ज । सिर्सिया नदीको बढ्दो प्रदूषण नियन्त्रण तथा दीर्घकालीन सरसफाइका लागि प्रधानमन्त्री बालेन शाहले चासो देखाएपछि वीरगंज नदी सफाइ अभियानले गति लिने भएकाे छ।...

काठमाडौंमा फेटा घटनाका घाइतेलाई भेट्दै सांसद अन्सारीले भने : दोषीले उन्मुक्ति पाउँदैनन्

वीरगंज । बाराको फेटा गाउँपालिकामा शनिबार भएको घटनामा गोली लागेर गम्भीर घाइते भएका १५ वर्षीय आदित्य पासवानलाई थप उपचारका लागि आइतबार हेलिकप्टरमार्फत काठमाडौं लगिएको...

फेटा घटनाप्रति आजपा मधेश प्रदेशको गम्भीर ध्यानाकर्षण, दोषीलाई कारबाही गर्न माग

कलैया । बाराको फेटा गाउँपालिका–३ मा नवनिर्मित अस्पताल भवन उद्घाटनका क्रममा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय आदित्य पासवान घाइते भएको घटनाप्रति आम...