Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढी र पटेर्वावा सुगाैलीमा एक सय २२ जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । पर्सागढि नगरपालीकामा काेराेना परिक्षणकाे लागि एक सय जनाको स्वाब संकलन गरीएको छ ।

काेराेना संक्रमित नगरपालिकाको वडा  नं. ९ का वडाध्यक्ष र वडा नं. ४ को सचिवकाे कन्टेक्ट ट्रेसिङकाे आधारमा साेमबार एक सय जनाकाे स्वाब संकलन गरि परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ ।

पहिलाे चरणमा नगरपालीकाको तीन ठाउँको क्वारेन्टाईन बाहेक वडाध्यक्ष र सचिवको सम्पर्कमा आएकाहरुकाे मात्र स्वाब संकलन गर्नु पर्नेमा त्यस वाहेकाे पनि स्वाब संकलन गरिएकाे वताइएकाे छ ।

नगरपालिका स्वास्थ्य संयाेजक योगेन्द्र पंजियारकाे दबावमा अन्यकाे पनि स्वाब संकलन गरीएको नगरपालिका स्राेतले जनाएकाे छ । संक्रमितकाे सम्पर्कमा आएकाहरुकाे, गरीब, बाहीर गएर गाडि चलाउने ड्राईबरहरूको स्वाब संकलन नगरी आ आफ्नो आफन्तको नजिकका व्यक्तिहरुकाे स्वाब संकलन गराइएकाे गुनासाे स्थानियले गरेका छन् ।

यस्तै पर्साको पटेर्वासुगौली गाउँपालिकामा साेमबार १४ जनाको स्वाव संकलन गरिएकाे छ । पटेर्वा सुगौली गाउँपालिका गादी स्वास्थ चौकीका ल्याब ईन्चार्ज ईन्द्रजीत गौरो र निचुटा स्वास्थ चौकीका ल्याब ईन्चार्ज मनोज प्रसाद्ले सबैको स्वावा संकलन गरेर पिसिआर परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएका छन् ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालय फरफवा आइसोलेसनमा रहेका २ जना कोरोना पोजेटिभ र बाँकी अन्यको समपर्कमा आएका १२ जनाको स्वाव संकलन गरिएकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...