Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढी र पटेर्वावा सुगाैलीमा एक सय २२ जनाकाे स्वाब संकलन

spot_img
spot_img

वीरगंज । पर्सागढि नगरपालीकामा काेराेना परिक्षणकाे लागि एक सय जनाको स्वाब संकलन गरीएको छ ।

काेराेना संक्रमित नगरपालिकाको वडा  नं. ९ का वडाध्यक्ष र वडा नं. ४ को सचिवकाे कन्टेक्ट ट्रेसिङकाे आधारमा साेमबार एक सय जनाकाे स्वाब संकलन गरि परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ ।

पहिलाे चरणमा नगरपालीकाको तीन ठाउँको क्वारेन्टाईन बाहेक वडाध्यक्ष र सचिवको सम्पर्कमा आएकाहरुकाे मात्र स्वाब संकलन गर्नु पर्नेमा त्यस वाहेकाे पनि स्वाब संकलन गरिएकाे वताइएकाे छ ।

नगरपालिका स्वास्थ्य संयाेजक योगेन्द्र पंजियारकाे दबावमा अन्यकाे पनि स्वाब संकलन गरीएको नगरपालिका स्राेतले जनाएकाे छ । संक्रमितकाे सम्पर्कमा आएकाहरुकाे, गरीब, बाहीर गएर गाडि चलाउने ड्राईबरहरूको स्वाब संकलन नगरी आ आफ्नो आफन्तको नजिकका व्यक्तिहरुकाे स्वाब संकलन गराइएकाे गुनासाे स्थानियले गरेका छन् ।

यस्तै पर्साको पटेर्वासुगौली गाउँपालिकामा साेमबार १४ जनाको स्वाव संकलन गरिएकाे छ । पटेर्वा सुगौली गाउँपालिका गादी स्वास्थ चौकीका ल्याब ईन्चार्ज ईन्द्रजीत गौरो र निचुटा स्वास्थ चौकीका ल्याब ईन्चार्ज मनोज प्रसाद्ले सबैको स्वावा संकलन गरेर पिसिआर परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाएका छन् ।

नेपाल राष्ट्रिय आधारभुत विद्यालय फरफवा आइसोलेसनमा रहेका २ जना कोरोना पोजेटिभ र बाँकी अन्यको समपर्कमा आएका १२ जनाको स्वाव संकलन गरिएकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...