Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कालिकामाईमा छाेराकाे टाउकाे फुट्याे, बाबु कुटिए

spot_img
spot_img

पाेखरिया । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहरपुरमा कुटपिट भएकाे छ । स्थानिय ५ जनाकाे समुहले साेही ठाउँ निवासी ४० बर्षिय हरिनारायण चाैरसियालाई कुटपिट गर्दा उनी घाइते भएका छन् ।

स्थानिय बनारसी महताे, गाेपिचन महताे, ठग महताे, जनारसी महताे र अकलेश महताेले कुटपिट गरेकाे भन्दै पिडित चाैरसियाले इलका प्रहरी कार्यालय पाेखरियामा उजरी समेत दिएका छन् ।

आइतबार दिउसाे पडाेसी महेश महताे केवंटकाे छाेरा धर्मेन्द्र महताे केंवटले खेल्ने क्रममा चलाएकाे ढुंगा लागेर घाइते चाैरसियाकाे ४ बर्षिय छाेरा कृष्ण चाैरसियाकाे टाउकाे फुटेकाे थियाे । त्यसपछि चाैरसियाले स्थानिय स्वास्थ्य चाैकीमा छाेराेकाे उपचार गराउन गएका थिए ।

भिनाजु चाैरसियाले टाउकाे फुटेका भान्जाकाे उपचार गराएर अस्पतालबाट निस्कने क्रममा बाहिर रहेका ५ जनाकाे समुहले भिनाजुलाई कुटपिट गरी घाइते बनाएकाे जयप्रकाश चाैरसियाले वताए । उनका अनुसार ढुंगा हानेका बालकका परिवारका सदस्यहरुले गल्ती भइसकेछ भनिरहदा उनका भाई पटिडारले विवाद गरी चाैरसियालाई लाठी फाटाले कुटपिट गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...