Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पाेखरियाका वडाध्यक्ष, डाक्टरसहित थप २२ जनामा काेराेना पुष्टि

spot_img
spot_img

पाेखरिया । पोखरीया नगरपालिकाका वडाअध्यक्ष र डाक्टरसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

वीरगंजस्थित नारायणी अस्पतालकाे प्रयोगशालामा गरिएकाे परिक्षणमा पोखरीया नगरपालिका १ का वडाअध्यक्ष बंका राउत कुर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

जसमा १८ वर्षको युवकदेखि ५० वर्षसम्मका उमेर समुहका महिला र पुरुष संक्रमित रहेकाे नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याले जानकारी दिए।

उनका अनुसार पाेखरिया नगरपालिका एक वडाध्यक्ष, पोखरीया अस्पतालका २५ वर्षिय डाक्टर, २२ ,२३ वर्षिय सोही अस्पतालका स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । यस्तै बारा घर भई नारायणी अस्पतालकाे मेडिकल वार्डमा कार्यरत २० वर्षिय महिला स्वास्थ्यकर्मी पनि संक्रमित भएकी छन्।

यता जिल्ला प्रहरी कार्यालय पर्साबाट संकलन गरिएको २२, २६, २९, ३५ वर्षिय गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, बारा, जितपुरसिमरा उपमहानगरपालिका २३ रामपुरटोकनीमा रहेको म्यागनस फर्माका ३६, ४० वर्षीयको पुरुष र ४८ वर्षीया महिला गरी तीन जना मजदुरमा कोरोना संक्रमण भएकाे छ।

यस्तै वीरगञ्जको छपकैया, विर्ता, श्रीपुर,आदर्शनगर,नगवालगायतका ११ जना संक्रमित रहेका छन्।

नगरपालिकाकाे एक वडाध्यक्ष, पाेखरिया अस्पतालका एक डाक्टर, एक नर्स र एक अहवेमा काेराेना संक्रमण पुष्टि भएकाे पाेखरिया  नगरपालिकाले पनि जनाएकाे छ ।

गत शुक्रबार नगरपालिकाकाे २२ जनाकाे स्वाब संकलन गरी पिसिआर परिक्षणकाे लागि नारायणी अस्पताल पठाउदा आज आएकाे रिपाेर्टमा ४ जनाकाे काेराेना पाेजेटिभ देखिएकाे पाेखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. अनिल यादवले वताए । संक्रमितहरुमा ज्वाराे लगायतका लक्षणसमेत देखिएकाे उनले जनाए । 

संक्रमितहरुलाई पाेखरिया अस्पताल कै माथिलाे तल्लामा निर्माण भइरहेकाे आइसाेलेसनमा राख्ने तयारी भइरहेकाे नगरपालिकाका मेयर दिपनारायण राैनियारले वताए । अस्पतालकाे माथिलाे तल्लामा २५ बेडकाे आइसाेलेसन निर्माण अन्तिम चरणमा पुगेकाे उनले जनाए ।

यसैबिच आज मेयर राैनियारसहित २५ जनाकाे स्वाबकाे नमुना संकलन गरि पिसिआर परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ । संक्रमितहरुकाे कन्टेक्ट ट्रेसिङकाे आधारमा मेयर राैनियार, पाेखरिया अस्पतालका मेसु डा. यादवसहित २५ जनाकाे स्वाब संकलन गरि परिक्षणकाे लागि पठाइएकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...