Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

निजि अस्पतालहरुकाे नाउँमा उच्च अदालतकाे अन्तरिम आदेश

spot_img
spot_img

बिरगंज । उच्च अदालत जनकपुर अस्थाई ईजलास बीरगंजले स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी एवम् कार्यरत चिकित्सकसमेतका स्वस्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाई उपचार सेवा दिन, दिलाउन कुनै पनि बहानामा ईन्कार नगर्नु नगराउनु भनि बीरगंजका सम्पुर्ण सरकारी तथा निजी अस्पतालहरुको नाँउमा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ताहरु रामनारायण प्रसाद कुर्मी, बिरेन्द्र प्रसाद यादव तथा निरज कुमार गुप्ताले संयुक्त रुपमा दायर गर्नु भएको रिटमा सुनुवाई गर्दै उच्च अदालत अस्थाई ईजलास बीरगंजका न्यायाधिश बिरबहादुर डाँगीको एकल ईजलासले यस्ताे आदेश गरेको हो ।

आदेशमा नेपालमा समेत महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट संक्रमित ब्यक्ति बाहेक अन्य रोगबाट ग्रसित ब्यक्तिलाई कोरोना भाईरसको परिक्षण नै नगरि निज कोरोना भाईरसबाट संक्रमित भएको भनि अनुमान गरि उपचार नै नगर्ने हो भने अन्‍य प्राणघातक रोगको उपचार नपाई मृत्यु समेत हुन गई अपुर्णिय क्षति समेत हुन सक्ने हुँदा निवेदकहरुको माग बमोजीम स्वास्थ्य संस्थाहरुमा उपचार गराउन गएका बिरामी एवम् कार्यरत चिकित्सक समेतका स्वस्थ्यकर्मीको स्वास्थ्य सतर्कता अपनाई उपचार सेवा दिन भनिएको छ ।

साथै आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा छलफलका लागी यही भाद्र ८ गते उपस्थित हुन निवेदक तथा बिपक्षीहरुलाई समेत भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डौ, मुख्यमन्त्रीको कार्यालय प्रदेश २, जिल्ला प्रशासन कार्यलय पर्सा तथा बीरगंजका निजी अस्पतालहरुलाई बिपक्षी बनाई परेको सो रिट निवेदमा निवेदक अधिवक्ताहरु रामनारायण प्रसाद कुर्मी, बिरेन्द्र प्रसाद यादव, निरज कुमार गुप्ता तथा अधिवक्ता रामबली प्रसाद चौहान लगायतले बहस गरेका  थिए।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

युवा पत्रकार मञ्चले बढायो संगठनको दायरा, नयाँ १० पत्रकार आबद्ध

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालले आफ्नो संगठन विस्तार गर्दै १० जना पत्रकारलाई औपचारिक रूपमा संस्थामा आबद्ध गराएको छ । वीरगंजस्थित क्लासिक ब्यांक्वेट...

धोबिनी हत्या प्रकरणमा तीन युवक पक्राउ, चोरीको सामान बरामद

वीरगंज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरीसँगै ६२ वर्षीया महिलाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ...

पर्सा–४ काे कांग्रेस सभापतिमा पुनः श्रीकान्त यादव

वीरगंज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा श्रीकान्त प्रसाद यादव पुनः सर्वसम्मत चयन भएका छन् । आइतबार जगरनाथपुर गाउँपालिका–५ मसिहानीमा...