Date
शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026

पर्सागढीका मेयर यादवलाई थप उपचारकाे लागि काठमाडाैं लगियाे

spot_img
spot_img

बीरगन्ज । पर्सागढी नगरपालिकाका मेयर लाेकनारायण यादवलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार बीरगन्जस्थित तराई अस्पतालमा भर्ना गरिएका यादवलाई थप उपचारकाे लागि आज काठमाण्डाै लगिएकाे हाे ।

तराई हस्पिटमा उपचाररत मेयर यादवकाे स्वास्थ्य स्थितीमा खासै संताेषजनक सुधार नदेखिएकाेले थप उपचारकाे लागि काठमाडाैंस्थित मेडिसिटी हस्पिटलमा लगिएकाे उनी निकटका गिरि राज कडेलले जानकारी दिए । निमोनियाको लक्षण देखिएको मेयर यादवलाई काठमाडाैं लग्ने ३ दिनदेखीकाे प्रयास आज सफल भएकाे उनले वताए ।

उनले भने “हामी ३ दिनदेखी मेयर सावलाई काठमाडाै लग्न प्रयास गरिरहेका थिए, माैसममा हुने गरेकाे गडबडीका कारण हेलिकप्टर आउन सकिरहेकाे थिएन । हिजाे आइतबार मात्र माैसम कै गडबडीका कारण हेलिकप्टर वीरगंज आउदै गर्दा आधी बाटाेबाट फिर्ता गएकाे थियाे, आज फेरी हेलिकप्टर आएपछि कठमाण्डाै लगिएकाे हाे ।”

तराई हस्पिटलका निर्देशक डा. राेशन कुर्मीका अनुसार तराई अस्पतालमा उपचाररत रहदाँ गरिएको सिटी स्क्यानमा मेयर यादवको फोक्सोमा संक्रमण देखिएको छ । फोक्सोमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखा परेको डा. कुर्मीले बताए ।

नगरप्रमुख यादव केहि दिन अगाडी काठमाडौँ पुगेर आएपछि स्वइच्छाले गराएको आफ्नो कोरोना परिक्षणको रिपोट नेगेटिभ आएपनि दोस्रो पटक पिसिआर परिक्षण भने हुन नसकेको डा. कुर्मीले जानकारी दिए । अब काठमाडाैं मै उनकाे काेराेना परिक्षण गरिने छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...