Date
शुक्र, मंसिर ४, २०८३
Fri, November 20, 2026
Home Blog Page 818

बहुअर्वा भाठामा बर्थिङ सेन्टरको शिलान्यास

0

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वा भाठामा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।

बर्थिंग सेन्टरको शिलान्यास प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियर र वडा नम्बर २ का वडाध्यक्ष संजय चौहानले संयुक्त रुपमा गरेका हुन ।

३१ लाख २९ हजारको लागतमा निर्माण हुने बर्थिंग सेन्टरको शिलान्यास गरिएको प्रशासकीय अधिकृत रौनियारले बताए । बर्थिङ्ग सेन्टरको कुल लागतमध्ये केन्द्र सरकारको अनुदान सहयोग २५ लाख, पालिकाको लागत दुई लाख ५० हजार र लागतको २० % जनश्रम परिचालन गरिने अधिकृत रौनियारले जानकारी दिए ।

बर्थिङ सेन्टर निर्माण भए पछि विन्दवासिनीका साथै सो आसपासका क्षेत्रका गर्भवति महिलाहरूलाई सुरक्षित सुत्केरी गराउन सहज हुने पालिको स्वास्थ्य वडाध्यक्ष चौहानले बताए ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष आनन्दराज चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा स्वास्थ्य संयोजक नरेश चौहान, जयनारायण पंडित, सरोज चौहानलगायत स्थानीय नागरिक अगुवा र प्रहरी प्रतीनीधीको सहभागिता थियो ।

निषेधाज्ञाको पालना भए पनि केही आपराधिक तत्त्वहरूका कारण भड्काउ भयोः एसपी पाण्डे

0

प्रहरी उपरीक्षक (एसपी) बेलबहादुर पाण्डे गएको माघ महिनादेखि पर्साको प्रहरी प्रमुखको कार्यभार समालेका छन् । उनी पर्सामा आएको झन्डै ५ महिना हुन लाग्यो । यो अवधिमा उनले कैद सजाय भई फरार रहेकालाई पक्राउ गरी कानुन मिचेर अवैध काम गर्ने देखी हुन्डी कारोबारमा संलग्नलाई कानुनी दण्ड दिलाउन सफल भएका छन् । एसपी पाण्डेको यी कार्यहरूबाट हालसम्म सरकारलाई ६ करोड ८८ लाखभन्दा बढी राजश्व सङ्कलनमा टेवा पुगेको छ । उनी आएको माघ महिनामा मात्रै एक करोड ८६ लाख भन्दा बढी राजश्व सङ्कलन भएको थियो । जसमा सवारी साधन कारबाहीबाट रु. १ करोड ६० लाख, अवैध विद्युतीय सामानबाट रु. एक लाखभन्दा बढी, पार्टपुर्जाबाट रु. ढाई लाख, लत्ताकपडाबाट रु. ५ लाख भन्दा बढी, किराना तथा खाद्यान्नबाट रु. १० लाख ४६ हजार र अन्यबाट ६ लाख ५७ हजार राजश्व सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङ्कले देखाएको छ ।

यस्तै फागुन महिनामा एक करोड ३२ लाखभन्दा बढी राजश्व उठेको थियो । जसमा सवारी साधन कारबाहीबाट रु. ८९ लाख भन्दा बढी, अवैध पार्टपुर्जाबाट रु. दुइ लाख पचहत्तर हजार, लत्ताकपडाबाट रु. १६ लाख, किराना तथा खाद्यान्नबाट रु. चार लाख पचहत्तर र अन्यबाट रु. १९ लाख ३१ हजार राजश्व सङ्कलन भएको थियो । यसैगरी, चैत महिनामा एक करोड १२ लाख राजश्व सङ्कलन भएको छ । जसमा अवैध मरीचबाट रु. ९२ हजार, सवारी साधन कारबाहीबाट रु. ६४ लाखभन्दा बढी, अवैध लत्ताकपडाबाट रु. ३२ लाख, र किराना तथा खाद्यान्नबाट रु १४ लाख ४७ हजार भन्दा बढी राजश्व सङ्कलन भएको छ । त्यसतै, बैशाख महिनामा ६६ लाख राजश्व सङ्कलन भएको छ । सवारी साधन कारबाहीबाट करिब रु. पौने ४७ लाख, अवैध विद्युतीय समानबाट रु. ३ लाखभन्दा बढी, पार्टपुर्जाबाट रु. पौने २ लाख, लत्ताकपडाबाट रु. १४ लाख ८३ हजार र किराना तथा खाद्यान्नबाट रु. एक लाख २३ हजार राजश्व सङ्कलन भएको थियो ।

यसैगरी, हुन्डी कारोबार रोकावटबाट रु. एक करोड ७७ लाख नेपाली र ५ लाखभन्दा बढी भारती रुपैयाँ बरामद भएको छ । यो चार महिनाको अवधिमा सवारी साधन कारबाहीबाट जम्मा रु. ३ करोड ६० लाख राजश्व सङ्कलन भएको छ । यस्तै अवैध विद्युतीय समानबाट जम्मा रु. ३ लाख ६० हजार, पार्टपुर्जाबाट जम्मा रु. ७ लाख, लत्ताकपडाबाट जम्मा रु. ६८ लाख, किराना तथा खाद्यान्नबाट ३० लाख र अन्यबाट जम्मा रु. २५ लाख राजश्व सङ्कलन भएको छ ।

पर्सामा निषेधाज्ञा चलिरहँदा प्रहरी र आम नागरिक बिच दुरी पनि बढेको छ । हालाकी पर्सा प्रहरीको सक्रियताले कोरोना संक्रमणको दर अहिले घटेको भए पनि केही ठाउँ प्रहरीबाट जनतामाथि अभद्र व्यवहार हुनु र जनताबाट प्रहरीबाट पनि नागरिकमाथि दुर्व्यबहारको घटनाले ‘प्रहरी मेरो साथी’ भन्ने अभियानमा पनि असर पर्न थालेको आम नागरिकको बुझाई छ । निषेधाज्ञा चलिरहेको पर्सामा आम नागरिक र प्रहरी बिचको सम्बन्ध तथा कोरोना संक्रमणको अवस्था बारे पर्साका प्रहरी उपरीक्षक (एसपी) पाण्डेसंग कालिका टाईम्सको लागि बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंशः

१) सर्वप्रथम यहाँलाई धन्यावाद, अहिले संक्रमण दर घटिरहेको छ, यसको श्रेय कसलाई दिनुहुन्छ ?

एसपी पाण्डेः यसमा राज्यपक्ष, सरोकारपक्ष र सबै आमसमुदायको प्रयासबाट अलि छिटो नै काहाली लाग्दो कोरोनाको संक्रमणबाट फिर्ता हुँदै छौं । कोरोना संक्रमणको डाटा र यसले पु¥याएको क्षति दिनानुदिन घट्दै गइरहेको छ । यो सुखद विषय हो ।

२) निषेधाज्ञा चलिरहँदा प्रहरीलाई कस्तो चुनौतीको सामना गर्नु परेको छ ?

एसपी पाण्डेः कोरोना महामारीको संक्रमणबाट यस जिल्लावासी नागरिकहरुको सुरक्षा गर्ने, निषेधाज्ञाको कार्यान्वयन गर्ने जिम्मेवारी नेपाल प्रहरीलाई नै थियो । यसमा हामीसंग उपलब्ध भएको स्रोत÷साधन, जनशक्ति अधिकतम प्रयोग गरी कार्यान्वयनमा लाग्यौं । निषेधाज्ञा निरन्तर रूपमा हप्ता–हप्तामा थप्दै गयौँ, अनि मानिसको पेसा व्यवसाय चौपट भयो । सामान्य मानिस पनि प्रभावित भए जसले गर्दा पछिल्लो समयमा अलिकति निषेधाज्ञा उलङ्घन पनि भयो र यसलाई नियन्त्रण गर्ने क्रममा केही चार÷पाँच वटा घटनाहरू घटे र त्यसलाई पनि हामीले कानुनको दायरामा ल्यायौं। अहिले निषेधाज्ञा कार्यान्वयनकै फेजमा छ ।

३ं) प्रहरीको सक्रियताले कोरोनाको संक्रमण दर घट्यो तर पनि प्रहरीको आलोचना कम भएको छैन ? किन ?

एसपी पाण्डेः निषेधाज्ञाको अवधिमा मान्छेलाई घरबाट बाहिर ननिस्किन भन्ने आदेश छ । कुनै पनि किसिमको क्रियाकलापमा सहभागी हनु नपाउने भन्ने पनि आदेश छ । यो सजिलो विषय होइन र त्यो पनि केही दिनको लागि मात्रै भनाई, एक महिनाभन्दा बढी भयो । यसमा जनमानसमा एक किसिमको आक्रामकता थियो । त्यसलाई कार्यान्वयन गर्ने क्रममा केही खालका सम्झौता समेत गर्नु पर्ने भयो । यसलाई म अन्यथा लिँदैन । किन भने यो एउटा यस्तो रोग हो जसका कारण एक दिन मात्रै होइन, महिनौँ दिनसम्म निषेधाज्ञा लगायौँ । त्यसको केही दिन असर प्रमाव त देखिन्छ नि । म त्यस्तै रूपमा लिएको छु ।

४) निषेधाज्ञा संगै प्रहरी र जनताको दुरी बढेको छ, यसले ‘प्रहरी मेरो साथी’ भन्ने अभियानलाई फरक पार्छ कि पार्दैन ?

एसपी पाण्डेः फरक पार्दैन, किनभने हामीले निषेधाज्ञा कार्यान्वयन गराउने पर्छ । जनतालाई पनि यो कुरा थाहै छ । सबै पक्ष, समूह, तप्कालाई यो जनाकारी नै छ । कुनै आग्रह, पूर्वाग्रह, राजनीति वा कुनै खालको भेदभावनगरी जनताको हितका लागि, कोभिडको रोगबाट पार पाउनको लागि, मुक्ति पाउनको लागि राज्यको तर्फबाट गरिएको कानुन बमोजिमको निर्णय हो । त्यस कारण यसमा प्रहरीसंग दुरी बढ्यो भन्दा पनि निषेधाज्ञाले गर्दा मानिसको जुन जनजीवन र क्रियाकलाप प्रभावित भयो, त्यसको छिटपुट असर र प्रभाव रहिरहन्छ नै । त्यसलाई हामीले स्वाभाविक पनि मानेका छौँ । जनतासंग दुरी भन्दा पनि सबैलाई जानकारी नै छ कि हामीलाई कार्यान्वयनमा जानु पर्ने थियो र केही छिटपुट घटना हुन्छ । त्यसलाई स्वीकार्नु नै पर्छ ।

५) अन्य दिनको तुलनामा प्रहरीको कुरता देखिएको छ र सर्वसाधारणले प्रहरीमाथि आक्रमण गर्ने काम पनि गरेका छन् ? यसमा कहाँनिर कसको चुक भयो ?

एसपी पाण्डेः पछिल्लो समय एकैदिन प्रहरीविरुद्ध ४ वटा घटना भएको छ । त्यसको भोलिपल्ट नै एउटा घटना गरी ५ वटा घटना भएको छ । त्यो आपराधिक खालको मान्छु। किनभने त्यहाँ प्रहरीका कारण समस्या भएको होइन । निषेधाज्ञा कार्यान्वयन गर्ने क्रममा निषेधाज्ञा उलंगन गरी पेसा व्यवसाय भिडभाड गर्ने काम गरे । त्यसलाई रोक्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएको विषय थियो । अहिलेको समयमा सबैको हातमा मोबाईल भएको हुनाले फोटो खिच्ने, भिडियो बनाउने कामले पनि अझै भड्काउने कार्य भयो । त्यस घटनामा जो जो संलग्न थिए त्यसलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाहीमा ल्याएका छौं । मुडलिमा प्रहरी विरुद्ध भएको घटना नितान्त आपराधिक घटना हो । प्रहरीमाथि किन यसरी आक्रमण भयो भन्दा २०६३ पछिको नागरिकता प्राप्तगरेका व्यक्तिहरू जसको नेपाली नागरिकता छ तर घर भने छैन ।अन्यथा सामान्य नागरिक हुनुहुन्छ वहाँहरूले यसको पालना गर्नु भएको छ, बुझ्नु पनि भएको छ र प्रहरीको ड्युटी पनि बुझ्नु भएको छ र सपोर्ट पनि छ । निषेधाज्ञाको पालना पनि भएको छ । समाजमा केही आपराधिक तत्त्वहरू हुन्छन् । जसले कानुन उलङ्घन गर्छन् र त्यसतालाई कानुन बमोजिम नै हामीले निरूपण गर्छौ । यसको तरिका पनि यही नै हो ।

६) प्रहरीलाई दुर्व्यवहार गर्ने व्यक्तिहरु लगभग १६ जनालाई मुद्दा चलाइएको छ । यसमा नागरिकमाथि दुर्व्यवहार गर्ने प्रहरीहरु चाहिं कति जनालाई कारबाही गर्नु भयो ?

एसपी पाण्डेः प्रहरीविरुद्ध जुन आक्रमण, हमला, दुर्व्यवहार भएको छ । यसमा हामीले विभिन्न ४÷५ वटा मुद्दा लगाएर कानुनी प्रक्रियामा लगेका छौँ र केही मानिसहरू पक्राउ गर्नु पर्ने बाँकी छ । अर्को यहाँले सङ्केत गरेको जुन भिडियो भाइरल भएको छ । त्यसमा सर्जिकल पसलमा काम गर्ने कर्मचारीमाथि कुटपिट भएको काम गलत हो । प्रदेश प्रहरी कार्यालयबाट आवश्यक छानबिन भइरहेकोले त्यसबारेमा यो भन्दा बढी बोल्न आवश्यक ठान्दिन ।

७) प्रदेश प्रहरीले डिएसपीको छानबिन गर्न प्रदेश प्रहरी टोली पठाएको छ। त्यस सम्बन्धमा के भइरहेको छ ?

एसपी पाण्डेः यस सम्बन्धमा एकजना एसपी साहेबको नेतृत्वमा छानबिन गर्ने समिति गठन भएको छ । त्यसले आफ्नो काम गरिरहेको छ । यसमा प्रहरीको तर्फबाट आवश्यकताभन्दा बढी हर्कत भयो कि भन्दिने हो, त्यो प्रहरीको तर्फबाट कानुन विपरीत गलत हिसाबले भयो भनेर भन्दा पनि अनावश्यक हिसाबले त्यहाँ अलिकति हर्कत भयो भन्ने रूपमा लिइएको भने सही हुन्छ जस्तो लाग्छ ।

८) निषेधाज्ञाको अवधिमा पनि सीमा क्षेत्रमा तस्करीको काम नरोकिएको भन्ने गुनासोहरू आउन थालेको छ ? खास कुरा के रहेको छ ?

एसपी पाण्डेः यतिबेला पनि गुनासाहरू छन् भने सबुत प्रमाण तथ्यसहित आएको खण्डमा स्वीकार गर्छौ । अन्यथा हामीले सीमामा कडाईका साथ निगरानी गरेका छौं र मलाई लाग्छ अहिले सबैभन्दा कम चुहावट भएको छ । केही मान्छेको पेसा व्यवसाय नै त्यही हो, अनुकूल हुने बित्तिकै बदमासी गर्छन् । यतिबेला धेरै नियन्त्रण भएको छ भने लाग्छ । छिटपुट केही भएको हुन सक्छ । त्यसको बारेमा सूचना प्राप्त वा तथ्य आयो भने त्यसमा हामी तत्काल प्रकृया अगाढी बढाउँछौं ।

तसर्थः तस्करी मौलायो भने पक्षमा म छैन । निषेधाज्ञामा त झन् सीमा नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी कडाइका साथ तैनाथ छन् । धेरै नजिक नजिकमा युनिटहरू पनि छन् । अहिले अन्तर्राष्ट्रिय सीमा बन्द भएको हुनाले ईनार्वा नाका बाहेक अन्य नाकाबाट मानिस मोमेन्ट गर्न नपाइने भएकाले र दुबै सङ्गठनको चुस्त निगरानी रहेका कारणले यतिबेला बढी कडाइमा सीमा नाका रहेको छ । यो अवधिमा निषेधाज्ञा उलङ्घन गर्ने सवारी साधनलाई कारबाही पनि गरेका छौं र केही समानहरू बरामद भएकोले त्यसलाई वीरगंज भन्सार कार्यालयमा पनि पठाएका छौं, जुन कुरा प्रेस विज्ञप्ती मार्फत जानकारी पनि गराएका छौं ।

यो बिचमा ठुल–ठुला हुण्डीको कारोबार गर्नेलाई पनि पक्राउ गरेका छौ । एउटा करिब ८३ लाख र अर्को ५३ लाख बराबरको अवैध हुण्डी कारोबार गर्ने मानिससहित पक्राउ गरेका छौं ।

९) लागूऔषध र हुण्डी कारोबार जस्ता आपराधिक क्रियाकलापमा युवाहरूकै बढी संलग्नता हुनुको कारण के होला ?

एसपी पाण्डेः आम्दनीको स्रोत दुई वटा हुन्छ, एउटा कानुनी अर्को गैर कानुनी । सही तरिकाले काम गर्दा आम्दानी हुने भए पनि कोही कोहीको ठुलो अपेक्षा पुरा हुँदैन । कम समयमै बढी पैसा कमाउने लोभ लालचमा केही युवाहरू गलत बाटोमा लाग्छन् । खुल्ला सीमाना र बोर्डर भएकोले लागु औषधको पनि उतिकै जोखिम छ ।

पछिल्लो समयमा मेरो अनुभव र तथ्याङ्कगत हिसाबले युवा पिंढी ठुलो संख्यामा लागूऔषधको दुर्व्यसनबाट र संगसंगै उनीहरूले आफ्नो दुर्व्यसन निरन्तर गर्ने हिसाबले लागूऔषध बिक्री वितरण ओसारपसार भएको डाटाले देखाएको छ । यो बडो चिन्ताजनक छ । यसमा मैले यति नै भने ।

सीमामा तस्करी वा पेसा व्यवसायीहरु जो पारी गएर कारोबार गर्छन्, त्यहाँ नेपाली रुपैयाँ चल्दैन । नेपालमा सटही काउन्टरहरू छन् । पारी जाँदा भारतीय रुपैयाँ नेपाली रुपैयाँसंग साटेर कारोबार गर्छन् । सायद भारतमा त्यो सुविधा छैन जस्तो मलाई लाग्छ । कानुनी वा गैर कानुनी हिसाबले जुन पैसा छ, त्यो नेपाल आएर हुण्डी मार्फत कारोबार भएको देखिएको छ । मैले जिम्वेवारी समालेदेखी लगभग ८÷९ वटा त्यस्तो केस बरामद गरी मुद्दा पक्रियामा लगेको छु । यो प्रकारको अपराध नियन्त्रण गर्ने कार्यमा हामी निरन्तर लागिरहेका छौं र यसले यो अपराध न्यूनीकरण गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको छ जस्तो लाग्छ

१०) अन्त्यमा के भन्न चाहनु हुन्छ ?

एसपी पाण्डेः कोरोना भाइरसको महामारीका कारण पर्सा जिल्लामा लागेको निषेधाज्ञाको सबैले पालना गरिदिनुहुन अनुरोध गर्दछु । जति इमान्दारीपुर्वक पालना गरियो उति नै चाँडो संक्रमण घटेर जान्छ र हामी सबै सामान्य जीवनमा फर्कन्छौ । कुनै पनि सिमानाकामा हुने अपराध वा अन्य कुनै अपराधको बारेमा सूचना, नैतिक समर्थनको हिसाबले तत्काल प्रहरीलाई जानकारी गराउनसमेत अनुरोध गर्दछु ।

बाल हेल्पलाइनद्वारा कोभिड पोजेटिभ बालबालिकालाई राहत सहयाेग

0

कलैया । बाराकाे कलैया उपमहानगरपालिकाका कोभिड पोजेटिभ भएका १० जना बालबालिकाहरुलाई पौष्टिक युक्त खाद्मानय सामग्रीहरु बितरण गरिएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले प्रत्येक परिवारलाई च्वनप्रास १ किलो, रियल जुस १ किलो, होर्लिस ५०० ग्राम, सातु ५०० ग्राम, काजु २ प्याकेट, काबली बेदाम २ प्याकेट लगायतका सामग्रीहरु बितरण गरेका हुन् ।

कोभिड पोजेटिभ बालबालिकाहरुलाई बचाउन तथा संरक्षणको लागि खाद्य सामग्री वितरण गरेर बाल हेल्पलाइन नं. १०९८ बाराले सराहनिय कार्य गरेकाे नगर प्रमुख यादवले बताए ।

सो सामग्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोग तथा संरक्षण नेपाल, बाराको सहकार्यमा संचालित बाल हेल्पलाइनले कोभिड पोजेटिभ भएका गरिब परिवारका बालबालिकाहरुलाई राहत सहयोग प्रदान गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताए ।

बालबालिकाहरुको हकहित संरक्षण र प्रवर्धनकाे लागि बाल हेल्पलाइनले पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा काम गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले दिए । 

१९२ जनाको परिक्षणमा २० जना संक्रमित

0

वीरगंज । पर्साका ८ जनासहित थप २० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।

वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार १९२ जनाको आरटी पिसिआर विधिबाट स्वाबको नमुना परिक्षण गर्दा २० जनामा कोरोनाको संक्रमण देखिएको अस्पतालका कोभिड फोकल पर्सन डा. सरोज रोशन दासले बताए ।

संक्रमित हुनेहरुमा पर्साका ८ जना, बाराका ६ जना, रौतहटका ५ जना र सप्तरीका एक रहेको उनले जानकारी दिए । संक्रमित हुनेमा ८ जना महिला र १२ जना पुरुष रहेका छन् ।

संक्रमितहरु २४ वर्षदेखी ७० वर्ष उमेर समूहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १७.८ देखि ३५.९ सम्म रहेको छ ।

नारायणी अस्पतालमा उपचाररत दुई काेराेना संक्रमितको मृत्यु

0

वीरगंज । नारायणी अस्पताल वीरगंजमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालमा उपचाररत वीरगंज महानगरपालिकाको वडा नं. १४ ओम आश्रम निवासी ४० बर्षिय पुरुष संक्रमितको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए ।

जेठ १४ गते पिसिआर पोजिटिभ देखिएको पुरुषलाई जेठ १७ गते नारायणी अस्पतामा भर्ना गरिएको थियो भने उनको उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएको डा. सिंहले जानकारी दिए ।

गम्भिर किसिमको निमुनिया लगायतको स्वास्थ्य समस्या उनमा देखिएको थियो ।

यस्तै, नारायाणी अस्पतालमै उपचाररत बाराको कोल्भि नगरपालिका निवासी ५० बर्षिय पुरुष संक्रमितको पनि मृत्यु भएको छ ।

जेठ ६ गते कारोना पोजिटिभ भएका पुरुषलाई जेठ १५ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो भने उनको उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

म र तिमीमा फरक

0

म र तिमीमा खासै फरक त छैन फरक यति मात्रै हो कि
म अफ्नो र परिवारको पेट पाल्नको लागि लड्दैछु र तिमी कुर्सीको लागि ।

म जीवन र मृत्युसँग लड्दा एउटा एम्बुलेन्स नपाएर ट्याक्टरमा जान बाध्य छु
तर तिमी हिँड्दा ५/१० वटा गाडी अगाडि पछाडि लिएर हिँड्छौ ।

म आफ्नो जीवन र मृत्युसँग लड्ने बेला अस्पताल पाउँदैन
तर तिमी हाँच्छ्यु आएपनि सिंगापुर र अमेरिका धाउँछौ ।

म खान नपाएर रुदाँ कसैले नदेख्ने
तर तिमी कुर्सीको लागि मञ्चबाट रुँदा सबैले देख्ने ।

मैले धाराको पानी पनि राम्ररी नपाउने
तर तिम्रो लागि विदेशबाट पानी आउने ।

मलाई जीउ ढाक्ने लुगा छैन
तर तिमी जमीन ढाक्ने कार्पेट किन्छौ ।

तिम्रो र मेरो साथीमा पनी फरक छ ।
मेरो साथी एम्बुलेन्स नपाएर मृत्युवरण गर्नु परीरहेको छ 
तर तिम्रा साथी २ घण्टाको बाटोमा पनि हेलिकप्टरमा जान्छन् ।

मलाई डायलासिस गराउन नपाएर ज्यान गुमाउनु परिरको छ
तर तिमी २/२ चोटि मिर्गौला फेर्न सक्छौ ।

मैले आफ्नो मेहनतको पैँसाले छोरा र छोरीको लागि ल्याएको ३ वटा मोबाइल तिम्रो एयरपोर्टले देख्ने
तर ३३ किलो सुन आउँदा नदेख्ने ।

मैले कालापानी, लिपुलेक र लिम्पियाधुराको जमीन माग्न भनेको थिएँ
तर तिमी मलाई नक्सा मात्र दियौं ।

म एउटा कार्यालयमा काम गर्नेको अवकास पाउने उमेर हुन्छ
तर तिमी देश हाँक्नेको छैन ।

मेरो परीक्षा गर्ने/नगर्ने विषयमा निर्णय लिन तिमी ३ महिना लगाउँछौ
तर तिम्रो निर्वाचनको निर्णय लिन एकदिन पनि लाग्दैन ।

देशमा भ्याक्सिन र सिलिन्डर किन्न सक्ने पैँसा नभएर म मर्दैछु
तर तिमी ४० अर्ब लाग्ने निवार्चनको खर्च कहाँबाट ल्याउँछौ ?

म जति बेला चाहन्छु तिमीलाई हटाउन सक्दैन
तर तिमी जुनबेला चाहन्छौ संसद विगठन गर्छौ ।

अरूले “तिमी” भन्दा अपमान हुने
तर तिमीले “पर्दैन” भन्दा अपमान नहुने ।

म निछधागाय मा आफ्नो परिवार को भोख मेटाउनको लागी हिन्दा कार्रवाई हुने
तर तिमी आफ्नो पार्टीको आन्तरिक विवाद मिताउन्नको लागि हिन्डा कार्रवाई नहुने ।

मेरो एम्बुलेन्स हिँदा बाटो खाली न हुने
तर तिम्रो सवारी हिंदा बाटोमा एउटा कुकुर पनि न देखेनन् सम्म बाटो खाली हुने ।

मैले एउटा सानो कार्यालयमा काम गर्न पनि पढे को हुनु पर्ने
तर तिमी देश हकानेले नपढे भए पनि हुने ।

मैले टुडिखेल मा खाँदा तिम्रो इजत जान्ने
तर तिमी मेरो देशलाई अरू देश सँग बीख मागने बनायौं त्यसमा मेरो देशको ईज्जत नजाने ।

मैले तिम्रो रेलिमा कालो कपडा लगाएर आउन न हुने
तर तिमी ७० कडोर काे कालो धन लिने मान्छे लिएर हिडा हुने ।

भूकम्पमा र हावाहुरी मा भतकेकाे मेरो घर बनाएनौं पहिला
तर तिमी पहिला धरहरा बन्यौ ।

आखिर तिमी र म एउटै देशको नगिरिक हैनौं ?
तर तिमी किन यस्तो र ? अनी म किन यस्तो ?
भोट दिने बेला त एउटा जनताको छोरालाई आफ्नो प्रतिनिधि मात्र बनाएर पठाएका थियौँ
तर तिमी त्यहाँ जाने बित्तिकै राजा पो भयौ त ।

सायद गल्ती हाम्रै थियो
भोट दिने बेला पार्टी, जात, धर्म, नातेदार, मधेसी, पहाडी अनि लोभ हेरे दिएका थियौँ न त मान्छे हेर्‍यौ न त मान्छेको व्यवहार । त्यसैले त म र तिमीमा फरक छ ।

-राजिव पटेल (वीरगंज)

लायन्स र लियाेले १४ दिनदेखि खाना वितरण गर्दै

0
वीरगंज । लायन्स क्लब अफ वीरगन्ज, वीरगन्ज सेन्ट्रल र लियो क्लब अफ वीरगन्जको संयक्त आयोजना खाना वितरण अभियान विगत १४ दिनदेखि वीरगन्जमा जारी रहेकोे छ ।
 
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भएको निषेधाज्ञाबाट प्रभावित विपन्न ,दैनिक ज्याला मजदुरी गर्ने परिवार ,विभिन्न अस्पतालका कुरुवाका लागी खाना वितरण अभियान जारी रहेको हो ।
 
गत जेठ ५ बाट सुरु भएको खाना वितरण अभियानमा लायन्स र लियो क्लब अफ वीरगन्जले खाद्यान्नका लागी आवश्यक पर्न विभिन्न समाग्राी आफै जुटाएका हुन । यो अभियानमा बिहान र बेलका गरी दुई सय ५० जनालाई खाना वितरण गर्दै असार ४ गते सम्म वीरगन्ज महानगरपालिका भित्र संचालन हुने लियो क्लब अफ वीरगन्जले जनाएको छ ।
 
कोरोना संक्रमण नियन्त्रणका लागी गरीएको निषेधाज्ञामा कसैलाई भोकले सुत्नु नपरोस र सबैलाई सहज रुपमा खाना पावोस भन्ने लक्ष्यका साथ खाना वितरण अभियान संचालन गरीएको लियो क्लब अफ वीरगन्जका पुर्व अध्यक्ष लियो रिसभराज अग्रवालले बताए ।
 
उनका अनुसार गत बैशाख १६ बाट लगाईएको निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर खाने गरीब तथा विपन्न परिवारलाई समस्या देखिएपछि यो अभियान संचालनमा ल्याईएको हो ।
 
एक महिना सम्म संचालनमा रहने खाना वितरणमा कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेका व्यक्तिलाई पनि खबर गरेमा घरमा पुगेर खाना वितरण गरीने लियो क्लब अफ वीरगन्जका अध्यक्ष लियो मेराजुल हवारीले बताए ।
 
खाना वितरणमा लियो क्लब अफ वीरगन्जका जेयाद अंसारी , दिव्या गरी , मुसरफ अंसारी र अफरोज अंसारीले भोलेन्टीयरको रुपमा खटिएर खाना वितरण गर्दै आएका छन ।

गर्दाैलमा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

0

वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं १ गर्दौलमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

जनता समाजवादी पार्टीका युवा नेता गौरीशङ्कर साहले आफ्नो हकभोगमा रहेको एक कट्ठा ऐलानी जग्गा अस्पताललाई हक हस्तान्तरण गरेपछि सोही जग्गामा भवन शिलान्यास गरिएको हो ।

भवन शिलान्यास एक कार्यक्रमका बिच जग्गा दता समेत रहेका नेता साहले गरेका थिए ।

केन्द्रीय सरकारको ३९ लाख रुपैयाँ अनुदान सहयोगमा स्वास्थ्य चौकी निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले वताए । उपभोक्ता समितिमार्फत जनश्रमदानसमेत गरेर निर्माण गरिने भवन दुई महीनाभित्र सम्पन्न हुने उनले जनाए ।

उपभोक्ता समितिका अध्यक्ष उमेश प्रसाद साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, वडाध्यक्ष महम्मद सागिर मियाँ, स्थानिय अगुवा अच्छेलाल मेहता लगायतको उपस्थिती रहेकाे थियो ।

४ महिलासहित ६३ जनाद्वारा रक्तदान

0

वीरगंज । वीरगंजकाे राधेमाईमा मंगलबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हन्ड्रेड ग्रुप अफ वीरगंज र हेल्प डेक्स वीरगंजकाे आयाेजनामा भएकाे कार्यक्रममा  ४ महिलासहित ६३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

साउथ जाेन माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममाकार्यक्रममा किशन कुमार सर्राफ, मिहिर अग्रवाल, हैपी अग्रवाल, अमित साह कलवार, राेशन साह, शतिश अग्रवाल, राहुल गुप्ता, अनिकेश साह कानु, इन्द्रा राणा, रुपा साह लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

काेराेना महामारीमा रगतको अभाव हुन नदिन “कोहिपनि रगतको अभावले मृत्युको मुखमा पर्नु नपरोस “भन्ने नाराका साथ हेल्प डेक्सका किसन सर्राफ र हन्ड्रेड ग्रुप अफ वीरगन्जका सचिव बिकीं सर्राफको नेतृत्वमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजन गरिएको थियो ।

रक्तदान कार्यक्रमको संचालन हन्ड्रेड ग्रुप अफ वीरगन्जका अध्यक्ष विनय गिरीले रगतको पोका दिई गरेका थिए । रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।